हलिं नेवाः दबू जर्मनद्वारा मायाको चिनो प्रदान

हलिं नेवाः दबू जर्मन च्याप्टरको आयोजनामा लुनिबर्ग सहरम एक कार्यक्रमको आयोजना गदै विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
हलिं नेवाः दबू केन्द्रको आयोजनामा चार महिनासम्म चलेको दोश्रो हलिं नेवाः न्ह्यसः लिसः कासा– ११४३ भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न किसिमले सहयोग पुर्याउनु भएका महानुभावहरुलाई सम्मान स्वरुप गत आइतवार मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।


हलिं नेवाः दबू जर्मन च्याप्टरका अध्यक्ष एवम् यूरोप कोअर्डिनेटर कुमार नापितको संयोजकत्वमा भएको कार्यक्रममा हलिं नेवाः दबू केन्द्रका उपाध्यक्ष रजनी प्रधान प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
नेवाः खलः ह्याम्बर्गका संस्थापक अध्यक्ष मानव कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हलिं नेवाः दबू केन्द्रका सल्लाहकार रबिन्द्र श्रेष्ठ, जर्मन च्याप्टरका सल्लाहकार दिनेश प्रधान र नरेन्द्र श्रेष्ठ, जर्मन च्याप्टरका उपाध्यक्ष रामकाजी गोसाइँ, जर्मन च्याप्टरका महिला समिति संयोजक उर्मिला बडगामी श्रेष्ठ, चिरन श्रेष्ठ, बिपिन श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमकै दौरान खानपान तयार गर्नुहुने, कार्यक्रमलाई सहयोग गर्नुहुने तथा प्रचार प्रसारमा सहयोग गर्नुभएकोले सुलोचना गोसाइँ बासुकला, दुर्गा देबि प्रधान नापित र अन्जना श्रेष्ठ गौचनहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

जर्मन च्याप्टरका अध्यक्ष कुमार नापित नेपाल आउनु भएको समयमा विभिन्न संघसंस्थाबाट सम्मान ग्रहण गर्दै मायाको चिनोका रुपमा प्रदान गरिएको पुस्तक, नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा प्रकाशित लहना क्यालेन्डर र डायरी पनि वितरण गरिएको थियो ।
प्रमुख अतिथि रजनी प्रधानले आउँदो मार्च महिनामा हलिं नेवा दबू जर्मन च्याप्टर र नेवाः खलः ह्याम्बर्गको संयुक्त आयोजनामा ‘इहि मुनाः’ गर्न लागिएको जानकारी दिनुहुँदै सबैलाई कार्यक्रममा उपस्थित भइदिनु हुन अनुरोध समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध