कुन जन्मको ऋण हो यो ?
कहाँ र कहिले टुंगिने होला?
के छ र यहाँ आफ्नो भन्ने
को छ र यहाँ आफ्नो थान्ने
कुन जन्मको ऋण हो यो
भन्छन् यहाँ माया, प्रित, प्रेम ठूलो
प्रियसी मोह अजर अमर
कुन जन्मको ऋण हो यो
कुन नाता ठूलो साँच्चै अमूल्य
रगतको नाता माया अमूल्य
मैले त थाने सबै नाता अमूल्य
तर हुँदो रहेछ आफै पराए
कहाँ र कहिले टुंगिने होला
कुन जन्मको ऋण हो यो ?








