नमाग तिमी माया
नमाग तिमी माया
नगर तिमी आशा
यहाँ पाउँने छैन केही
नगर तिमी अपेक्षा
दिन म सक्दिन केही
आँसुले भरिएको आँखा
तृण्णाले भरिएको भाव
हेर्न म सक्दिन कठै
नगर बिन्ति दुई हात जोडी
दिन म सक्दिन केही
नदेऊ मलाई मनको घाउ
छैन यहाँ कुनै उपचार
सहन सक्दिन कडापि
दुई थोपा आंँसु लुकाउ कहाँ
दुई मुठ्ठी माया राखौं कसरी
दिन म सक्दिन केही
नमाग तिमी माया
नगर तिमी आशा
यहाँ पाउँने छैन केही
नगर तिमी अपेक्षा
दिन म सक्दिन केही।








