हलिं नेवाः गुथि बागमती (नेवाः) प्रदेश समिति गठन
नेवार हक अधिकारको लागि क्रियाशील हलिं नेवाः गुथिले आफ्नो शाखा विस्तारका क्रममा गत शुक्रवार बागमती (नेवाः) प्रदेश समिति गठन गरिएको छ ।
गुथिका संस्थापक अध्यक्ष एवम् संरक्षक शान्त प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाले गौतम कर्माचार्यको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।
गुथिका केन्द्रीय अध्यक्ष विनोद महर्जनको सभापतित्वमा भएको भेलाले १८ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
सो समितिको उपाध्यक्षमा दानशोभा शाक्य र जगनाथ श्रेष्ठ चयन भएका छन् भने सचिवमा निरेश चित्रकार र कोषाध्यक्षमा दिपक मुल्मी श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यमा राजेन्द्र महर्जन, सागर श्रेष्ठ (दोलखा), प्रेम श्रेष्ठ (सिन्धुली), राजेन्द्र सिपाइँ, यादव कुमारी श्रेष्ठ (दोलखा), विजय कुमार श्रेष्ठ, जगत देसार (ललितपुर), देवकुमार श्रेष्ठ (मकवानपुर), मिन बहादुर कर्माचार्य, शिवसुन्दर कर्माचार्य, विजयमान श्रेष्ठ (चितवन), मिरा जोशी (मकवानपुर) र उमेशलाल श्रेष्ठ (मकवानपुर) चयन गरिएको छ ।









