गुरु दिवसका अवसरमा गुरुहरु सम्मानित, २० औं ज्यापु दिवसको संयोजकको जिम्मेवारी टेंगललाई

गुरू पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषको आयोजनमा गुरु सम्मान कार्यक्रम भव्यताको साथ क्षेत्रपातिमा सोमबार सम्पन्न भयो । काठमाडौंका परम्परागत ६३ टोलका बाजा गुरु, संयोजक तथा नायःहरुलाई एक साथ सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल रहनु भएको थियो । उपमेयर डंगोलले कार्यक्रममा पानसमा दियो बालि समूलघाटन गर्नु भएको थियो । गुरु, व्यवस्थापक तथा सभापतिहरुलाई टोपी तथा माला लगाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जनद्वारा स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्नु हुदै ज्यापु संस्कृति विकास कोषका अध्यक्ष तथा सभापति मंगलकृष्ण सिंहद्वारा कोषको अवधारणा प्रस्तुत गर्नु भएको थियो ।
गुरुहरूको कदर गदै सम्मान तथा भत्तास्वरूप जनही तीस हजार रुपैया प्रदान गर्दै आएको उल्लेख गर्नु भयो । कार्यक्रममा अवधारणा प्रस्तुतिका क्रममा कोषको भवन यट्खाको हँय्पू ननीमा निर्माण भइरहेको पनि उल्लेख गर्नु भएको थियो ।
सोही कार्यक्रममा आउँदो योमरि पुन्हिको अवसरमा आयोजना हुने २० औं ज्यापु दिवस संयोजनको जिम्मेवारी त्यंगः त्वाः खलःलाई दिइएको छ । सो कार्यक्रममा १९ औं राष्ट्रिय ज्यापु दिवस भव्यताका साथ सम्पन गर्नुभएकोमा गोफः त्वाः खलःलाई धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलद्वारा आउँदो राष्ट्रिय ज्यापु दिवस मनाउनको लागि त्यंगः त्वाः खलःका सभापति धन बहादुर महर्जनलाई पाःब्वः हस्तान्तरण गर्नु भयो भने १९ औ राष्ट्रिय ज्यापु दिवस सम्पन्न गर्नुहुने गोफःत्वाःका संंयोजक पन्च नारायण महर्जनद्वारा ज्यापु संस्कृति विकास कोषका अध्यक्षद्वारा राष्ट्रिय प्रमाण पत्र तथा ज्यापु दिवस भब्यताका साथ सफल बनाउनको लागी रु. दुई लाख रूपैयाको चेक हस्तान्तरण गर्नु भयो । कार्यक्रम सम्बोधन गर्नु हँुदै विशेष अतिथि उपमेयर सुनिता डंगोलले गुरुलाई, सम्मान तथा गुरुको शिक्षालाई अनुकरण गर्नु नै गुरुलाई सच्चा सम्मान हो भन्ने कुरालाई प्रस्टयाउनु भयो। साथै ज्यापु संस्कृति विकास कोषको भवन निर्माण गर्नकोलागी डेढ करोड प्रदान गरेको पनि प्रस्त पार्नु भयो ।
कार्यक्रममा बोल्नुहुँदै १९ औं राष्ट्रिय ज्यापु दिवस आयोजक गोफः त्वाःका संयोजक पन्च नारायण महर्जनले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु धन्यवाद व्यक्त गर्नुभयो ।
आगामी २० औं राष्ट्रिय ज्यापु दिवस आयोजनाको जिम्मा पाउने त्यंगःत्वाः खलःका संयोजक धन बहादुर महर्जनले दिवसको जिम्मा पाएकोमा हर्षित भएको र ६३ टोलबाट सहयोग प्राप्त हुनेमा आशावादी रहेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा ज्यापु महागुथि नेपाः केन्द्रका अध्यक्ष राजभाइ जकःमिद्वारा ज्यापु संस्कृति विकास कोष तथा ज्यापु महागुथि नेपाःका राम्रा कामहरुमा सबैले साथ तथा सहयोग गरी साथ दिनुहुन अनुरोध गर्नु भयो । साथै भाद्र २६ गते ज्यापु महागुथि स्थापना दिवसको अवसरमा आउदो भाद्र २३ गतेदेखी केन्द्रको महाधिवेशनको हुने जानकारी दिनुभयो ।
साथै कार्यक्रमको अन्त्यमा काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्रका ज्यापुहरू पनि राष्ट्रिय ज्यापु दिवस जिम्मा लिई मनाउनमा लालाहित भएको र चाँडै पाउनेमा आशावादी रहेको पनि जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध