पशुपतिकाे पवित्राराेहण पूजा
आज २०७७ साउन १८ गते आइतबार, श्रावण शुक्लपक्ष चतुर्दशीको दिन पाशुपत क्षेत्रमा आराध्यदेव भगवान श्री पशुपतिनाथको परंरागत पबित्ररोहण पुजा सम्पन्न गरिएको छ ।

परम्परा अनुसार शंकराचार्य मठ्मा गुरुदक्षिणामुर्तिका मुलपुरोहित राजोपाध्यायद्वारा भगवान श्री पशुपतिनाथको पबित्रारोहणको पुजा विधि संकल्प गरि भगवान श्री पशुपतिनाथलाई पहिराउने दिब्य मुकुत मुलभट्टलाई हस्तान्तरण गरिन्छ ।

भगवान् ” श्री” मा गोबर, गौत र पम्चामृत मिलाएर पन्चगब्यले स्नान गर्ने र ९ सुतिको काचोधागोको जनाइ लगाएर राजोपाध्याय बाजेले मुलभट्टलाई हस्तान्तरण गरिदिएको धागोकै शिबरुपी शिरमुकुत यात्रा गरि लगेर “श्री ” लाई लगाएर भगवान श्री पशुपतिनाथ ले दिब्य रुप धारण गरिएको छ ।








