विषादीको असर
नेपालमा अहिले विषादीयुक्त तरकारी र फलफूलको विक्रिवितरणले गर्दा सर्वसाधारण उपभोक्ताहरु मारमा परिरहेका छन् । नेपाल सरकारले हालै मात्र भारतबाट आएको तरकारी र फलफूलहरुमा विषादीको मात्रा के कस्तो रहेछ भनी परीक्षण गर्न खोजेको मात्र के थियो भारतको दवावमा सो गर्न सकेन । यस्ले गर्दा हामी नेपालीहरुको स्वास्थ्यमा निश्चय नै प्रभाव पार्ने देखिन्छ ।
भारतबाट आउने तरकारीमा मात्र हैन हाम्रो देशमा उत्पादन गरेको तरकारी र फलफूलमा पनि विषादीको अवशेष स्वास्थ्य मापदण्ड भन्दा कम त छैन ? अहिले विषादीको स्थिति हेर्नको लागि परीक्षण गर्ने सुरुवात गरिएता पनि सन्तोषजनक परीक्षण भने अझै हुन सकेको छैन । नेपालमा विषादीको प्रयोगको सुरुवात २०१६ साल तिर तराई, भित्रिमधेश र पहाडका बेशीहरुमा मलेरिया उन्मुलन गर्ने उद्देश्यले लामखुट्टेको नियन्त्रणको लागि भएको थियो । पछि वालीनालीमा लाग्ने कीरा, मुसा, रोग र झार नियन्त्रणको लागि पनि प्रयोगमा ल्याइयो । अहिले बर्षेनी करिव ३४५ टन विषादी (खास विष) नेपाल भित्रने गर्दछ । यसमध्ये ४८.३४ प्रतिशत कीरानाशक, ३३.५ प्रतिशत कीटनासक, १५.५ प्रतिशत झारनाशक र २.८ प्रतिशत अन्य रहेको पाइन्छ ।
विषादी प्रयोगको हिसावले करिव ८५ प्रतिशत तरकारी वालीमा मात्र प्रयोग गरेको पाइन्छ । यसको लागि हामीले बर्षेनी ३८ करोड रुपियाँ खर्चने गरेका छौँ । हुनत अन्य देशको तुलनामा नेपालमा विषादीको प्रयोग अत्यन्त न्युन देखिन्छ । हामी कहाँ विषादी प्रति हेक्टर ०.१४२ के.जी. प्रयोग भएको देखिन्छ भने इटालीमा १४ के.जी., कोरियामा १७ के.जी. र चीनमा प्रति हेक्टर २० के.जी.सम्म प्रयोगमा आएको पाइन्छ । यो अवस्थालाई हेर्दा नेपालमा विषादीको प्रयोगले समस्या आउने अवस्था त हैन तर प्रयोग गर्न नजानेर समस्या देखिएको हो । प्रयोग गर्दा, विषादी भण्डारण गर्दा, ढुवानी गर्दा र प्रयोग गरे पश्चात खाली बट्टा, बोतल आदिको व्यवस्थापन सावधानीकासाथ नगरिंदा समस्या हुन आएको हो । विषादीका कारण हुन गएका दुर्घटनाहरु प्रायः प्रयोगकर्ताका लापरवाही, अज्ञानता, विक्रेताहरुको अनुचित सल्लाह, विषादी प्रयोग गर्न दिइने निर्देशनको पालना नगर्नुका कारण समस्या आएका हुन् । विषादीको प्रयोग गर्ने कृषक आफैँलाई त्यसबाट आफ्नो स्वास्थ्य, वातावरण र उपभोक्ताको स्वास्थ्यमा के कस्ता असरहरु पर्दछन् र त्यसको लागि के कसरी प्रयोग गर्ने भन्ने बारेमा कतिपयलाई त जानकारी पनि छैन र भए पनि लापरवाही गरिएको पाइन्छ ।
हामी कहाँ विषादी दुरुपयोगका थुप्रै उदाहरण देखिन्छन् जस्तै माछा मार्न खोला, खोल्सा, घोल र डोविल्काहरुमा विषादी प्रयोग गरिन्छ । त्यसरी मारेको माछा मानिसहरु आफंै पनि खाने गरेको र वजारमा लगेर बेचेको देखिन्छ । माछा नसडोस् भनेर माछा व्यापारीहरुले फर्मालिन जस्ता कडा विषादीमा माछालाई डुबाएर राख्ने र ग्राहक आएमा त्यस्ता माछा ग्राहकलाई बेच्ने गरेको पनि उदाहरणहरु भेटिएका छन् । फलफूलहरु खास गरी अंगुर, स्याउ आदि नसडोस् भनेर ढुसीनाशक विषादी ९ँगलनष्अष्मभक० भण्डारमै प्रयोग गरेको पाइन्छ । आँप पकाउन पनि कार्वामेट जस्ता कडा विषादी प्रयोग गर्ने गरेको पाइन्छ । झिंगा आयो भनेर तरकारीमा नै विषादीको छिटा पर्ने गरी झिंगा मार्न भनी कीरामार्ने विषादी छरेको देखिन्छ । घुनबाट जोगाउन भनी चामल, चना, केराउ भण्डारण गरेको स्थानमा सिधै मालाथियन विषादीको धुलो छरेको पनि देखिएको छ । धुनबाट जोगाउन भण्डारण गरेको गहुँमा रोगर जस्तो कडा विषादी सिधै छिट्ने गरेको पनि देखिन्छ । बेमौसमी काँक्रोमा ३ महिनाको बाली अवधि भित्र धेरै पटकसम्म विभिन्न खालका विषादीहरु प्रयोग गरिएको भेटिएको छ । रोग र कीराको पहिचान नै नगरी रोगनासक र कीटनासक विषादीसँगै मिसाएर छर्ने पनि गरिन्छ । यसरी नै आवश्यक भन्दा बढि मात्रामा विषादीको प्रयोग गर्ने, अनावश्यक धेरै पटक विषादीको प्रयोग गर्ने, पर्खनु पर्ने अवधिलाई ख्यालै नगरी विषादी प्रयोग गरेको केही दिनमै या आजको भोली नै तरकारी तथा फलफूल बजारमा पठाई हाल्ने, विषादी प्रयोग गरेका खाली बट्टाहरु जथाभावी फालीदिने, विषादी प्रयोग गरेका भाँडाहरु खोला, कुवा आदिमा लगेर धोइदिने, विषादी पानीमा मिसिन सक्ने कुरालाई वेवास्ता गर्ने जस्ता यी व्यवहारहरु नै विषादीको दुरुपयोग हो । यसले गर्दा नै मानव स्वास्थ्य र वातावरणमा विषादीको नराम्रो असर परेको देखिएको हो । विषादीको प्रयोग खेतवारीमा अरु देशको दांँजोमा कम गर्दा पनि हामी कहांँ विषादीले गर्दा हुने असर चाहि धेरै देखिन्छ । हाम्रा धेरै मानिसहरु र हाम्रो वातावरण, जीवजन्तु र पानी र माटो बढी प्रभावित भएको देखिन्छ । यो किन भएको हो भने हामी कहाँ विषादी प्रयोग गर्दा सावधानी अपनाइदैन र निर्देशनको पालना गरिँदैन ।
विषादीको जथाभावि प्रयोगले प्रयोगकर्ता र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको हुन्छ । असर तत्काल पनि देखिन सक्छ भने लामो अवधि पछि पनि शारिरिक तथा मानसिक असर देखिन सक्दछ । विषादीको सम्पर्कबाट तत्काल देखिने असरहरुमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकि हुने, रुघा लाग्ने, ज्वरो आउने, वेहोस हुने, पखाला लाग्ने, पसिना आउने, माम्सपेसी काप्ने, आँखामा आँसु आउने र छारेरोग जस्तो लक्षण देखा पर्ने हुन्छ भने लामो समयसम्म विषादीको सम्पर्कमा आउनाले र विषादी प्रयोग गरेको तरकारी, फलफूल, खाद्यबस्तुको सेवनले रोग निरोधक क्षमतामा कमि आउने, पाचन प्रणली कमजोर हुने, स्नायु प्रणाली र दिमाग सम्बन्धी रोगहरु लाग्ने, वाझोपना देखा पर्ने, घाउखटिरा आउने, क्यान्सर रोग लाग्ने, एभचष्उजभचब िलभगचयउबतजष्अक, दभलबखष्यच तयहष्अष्तथ हुने गर्दछ । विषादीको अवशेष भएका खाद्यवस्तुको सेवनले मूलतः वंशाणुमा असर (ःगतबलनभलष्अ०, प्रजनन सम्बन्धी असर (तभचबतयनभलष्अ० र क्यान्सर गराउने (अबचअष्लयनभलष्अ) असरहरु देखापर्दछन् । विषादीहरु हानीकारक कीरा, रोगका जीवाणु, मुसा र झारका लागि मात्र हानीकारक नभै जंगली जीवजन्तु, पानी र माटोमा भएका लाभदायी जीवहरुको लागि पनि उतिनै हानिकारक हुन्छन् । यसको असरले वातावरणमा रहेका जैविक विविधतालाई समेत असर गर्दछ र केही जीवजन्तु र वनस्पतीहरु लोप भएर जानसक्ने पनि हुन्छन् । यसलाई रोक्न विषादीको बारेमा व्यापक चेतना फैलाउने कार्यक्रमको खाँचो देखिन्छ ।








