चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला

चलचित्र कलाकार संघको शनिवार सम्पन्न १९ औं महाधिवेशनबाट अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।
निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ र उप्रेतीले २०९ मत प्राप्त गरिन् भने२६ मत बदर भयो ।
संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्ष शिवहरि बैरागी, महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए भने सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
संघको सदस्यहरुमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध