महाकवि जाेशीकाे ८५ औं जन्माेत्सवमा विविध साहित्यिक कार्यक्रम
सुकुन्दा साहित्य पा: लाकाे आयाेजनामा महाकवि गिरिजा प्रसाद जाेशीकाे ८५औं जन्माेत्सवका अवसरमा विविध साहित्यिक रचना वाचन तथा सांगितिक कार्यक्रम शनिवार ओन्देस्थित नारायण परिवार क्लबमा सम्पन्न भएको छ।
सुकुन्दा साहित्य पा: लाःकाे अध्यक्ष प्रशान्त डंगोलकाे सभापतित्वमा प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बज्राचार्य, अतिथि मदन सेन बज्राचार्य ,चन्द्र श्रेष्ठ (माईला दाइ) , अनुप सिंह सुवाल, याेगेन्द्र राजकर्णिकारकाे उपस्थितिमा सञ्चालन भएको थियो । कार्यक्रम सुकुन्दामा दिप प्रज्ज्वलन गरेर सुभारम्भ भएको थियाे ।

कार्यक्रमका सभापति प्रशान्त डंगोलले नेपालभाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार ,विद्वान ,अनुसन्धानकर्ताहरु, वैज्ञानिकहरु हुदा पनि उहाँ हरुकाे याेगदानकाे उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपालभाषा क्षेत्रका व्यत्तित्वहरु ओझेल पर्न वाध्य भएको र समयक्रमसंग उहाँहरुकाे श्रय ,याेगदान आजका नयाँपिधिले दुरुपयोग गर्ने कार्य भैरहेको जनाए । नेपालभाषा क्षेत्रमा धेरै संघ संस्था हरु हुदा पनि बहुप्रतिभाका धनी महाकवि गिरिजा प्रसाद जाेशिकाे सम्झना जन्म जयन्ती नगरिरहेकाे अवस्थामा सुकुन्दा साहित्य पा: ला ले नयाँ कार्यकाे थालनि गरेकाे र साे कार्यकाे निरन्तरताकाे लागि नयाँ पिधिहरुलाई आग्रह पनि गरे।
गिरिजा प्रसाद जाेशी १९९६ मा जन्मनुभई २०४४ सालमा यश धर्ती बाट ४९ बर्षकाे छाेटाे अवधिमै बिदा हुभएता पनि उहाँले हामिमाझ महत्त्वपूर्ण ६९ पुस्तक प्रकासन गरेर अन्य थुप्रै प्रकासनकाे पर्खाइमा रहेका पन्दुलिपिहरु पनि यथासक्य चादाे प्रकासनकाे वातावरण हाेस भन्ने अप्पेक्षा गरे ।

कार्यक्रममा साहित्यकार यवम नेपाल भाषा शिक्षक सुमितदास रञ्जितकारले प्रगतिशील “मां भाय्” शिर्षक कवितावाचन गर्नुभयाे , रमिता बज्राचार्यले नेपाल भाषाकाे कविता वाचन गर्नुभयाे नेपालभाषा रत्न राज्य क्याम्पस पहिलो र दाेस्राे सेमेस्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल कृता बज्राचार्यले “पाहाँ” कविता वाचन गर्नुभयाे।गायक द्वय मिनर्वा बज्राचार्य शाक्य र नरेन्द्र महर्जनले लाेकप्रिय राजमति रिमिक्स गित गाउनु भयाे। फितनेस गुरु सन्दिप महर्जनले नेपाली गित प्रस्तुत गर्नुभयाे ।
नेपालभाषा शिक्षक अनुप सिंह सुवालले गिरिजा प्रसादका प्रगतिशील दुईवटा गित प्रस्तुत गरे नेवा: वस्ती नेवा: स्कुल अभियान्ता दिपक तुलाधरले नेपालभाषा अभियान्ता प्रशान्त डंगोल र रिदेन महर्जन ले नेपालभाषा जगतमा अतुलनिया याेगदान पुर्याएकाे र यस्ताे महत्त्वपूर्ण कार्यमा सम्पुर्ण नवअागन्तुक साथिहरुले पनि साथ सहयाेग दिनुपर्ने बताए।
फाेटाेग्राफर प्रेरणा शाक्य महाकवि गिरिजा प्रसाद जाेसिकाे नेपालभाषा साहित्य क्षेत्रमा अतुलनिय याेगदान रहेकाे बताए।
अतिथि मदनसेन बज्राचार्यले नेपालभाषा साहित्य क्षेत्रमा प्रशान्त डंगोल , रिदेन महर्जनले पुर्याएकाे याेगदानकाे मुल्यांकन हुनेछ।
प्रमुख अतिथि चन्द्रमान बज्राचार्यले सिथिल अवस्था पुगेकाे साहित्यिक कार्यक्रम पुन: जीवन दिएकोमा प्रशान्त रिदेन लगाएत सम्पूर्ण अभियान्ताहरुलाई धन्यवाद तक्राउदै अरु साहित्यकारहरुकाे पनि सम्झने कार्यक्रम गर्नुपर्ने बताए ।








