महर्जन कम्प्लेक्समा करोडौंको अफरसहित बुकिङ खुल्ला
काठमाडौं/काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले करोडौंको उपहार अफर ल्याएको छ । महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई विशेष छुटको साथमा टेस्ला गाडी र आइफोनसहितको उपहारको अफर ल्याएको हो ।
महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्समा सिमित संख्यामा बाँकि रहेका पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै हात खालि नजाने उपहारका अफर ल्याएको जानकारी दिए । ‘आउँदो पुस २५ गतेसम्ममा पसल बुक गर्नेलाई १० प्रतिशत छुट र खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइनेछ । साथै लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार दिने अफर ल्याएको छौं’ महर्जनले भने ।
साथै कम्पनीले बुकिङकर्ताको लागि फाइनान्सको सुविधा पनि खुल्ला गरेको छ । व्यक्तिगत भएमा ४० प्रतिशतसम्म र कम्पनीमार्फत भएमा ७५ प्रतिशतमा फाइनान्सको सुविधा उपलब्ध रहेको अध्यक्ष महर्जनले बताएका छन् । न्यूरोडमा व्यापार गर्नको लागि ७५ प्रतिशतसम्मको फाइनान्स सुविधासहित प्राइम लोकेसन र करोडौं मूल्य बराबरको उपहारको अफरलाई दुइर्ट हातमा लड्डु भन्दै महर्जनले अवसरको फाइदा उठाउन सबैलाई आह्वान गरे । ‘नेपालको राजधानी काठमाडौं र काठमाडौंको पनि राजधानी न्यूरोड, यस्तो ठाउँमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा अझ डेढ करोड मूल्य बराबरको टेस्ला गाडी नै जित्न सकिने मौका । भएन त दुइटै हातमा लड्डु ?’ महर्जनले भने ।
कम्प्लेक्समा पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप एक जनालाई टेस्ला गाडी दिइने बताइएको छ । त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार एक जनालाई, तेश्रो पुरस्कार नीटा इभि कार एक जनालाई दिन लागिएको छ । चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार एक एक जनालाई दिइनेछ ।
यसको साथमा पसल बुक गर्ने हरेकलाई आइफोन १४ दिने कम्पनीले जनाएको छ ।
पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र रहने छ ।








