‘प्रधानमन्त्री महिला हुनुपर्छ’ ः पूर्वमन्त्री श्रेष्ठ

चिन्तामणी अध्ययन केन्द्र र नेवाः देय् दबू १२ वडा समितिको आयोजनामा आज भएको एक कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित उम्मेदवार कृष्णगोपाल श्रेष्ठले सरकारमा महिला प्रधानमन्त्री बन्नु पर्ने धारणा राख्नु भएको छ ।
उहाँले आफ्नो मत राख्ने क्रममा राज्यले ३३% महिला प्रतिनिधित्व हुने हक दिएकोमा नेपालमा महिला राष्ट्रपति, प्रधानन्यायाधिस र सभामुख पदमा सक्रिय भूमिका देखाइ सकेपछि अवस्थामा अब महिला प्रधानमन्त्री बन्ने पालो भएको बताउनु भयो ।
उहाँले महिलाहरु घरभित्र चुलोचौकामा र बच्चा पाउने मेशिनका रुपमा मात्र नभइ राष्ट्रको सेवा पनि गर्न सक्ने र त्यसको लागि महिलाहरु राजनैतिक क्षेत्रबाट अगाडि आउनु पर्ने धारणा राख्नुभयो ।


मन्तव्यकै क्रममा कामपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनले १२ वडाको नाक काट्ने काम आफूले कहिल्यै नगर्ने बताउनु हुँदै आफू १२ वडाबासिको हक हितका लागि सँधै तत्पर रहेको बताउनु भयो ।
चिन्तामणि अध्ययन केन्द्रका अध्यक्ष अनिता महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेवाः देय् दबूृ १२ वडा शाखाका अध्यक्ष बालमुकुन्द महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेवाः देय् दवूका केन्द्रिय सचिव मचाराजा महर्जन, न्हय्मून्हय्त्वाःका उपाध्यक्ष कालु महर्जन र पूर्व प्रतिनिधिसभा सदस्य विणा श्रेष्ठको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध