ज्यापु दिवसका अवसरमा सुकुन्दा र्‍याली

१९ औं राष्ट्रिय ज्यापु दिवसको प्रचारका लागि आज गोफल टोलबाट एक सुकुन्दा र्‍याली निकालिइएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको र्‍यालीले काठमाडौं महानगरका विभिन्न स्थानहरुको परिक्रमा गर्ने भएको छ ।
१९ औं ज्यापु दिवसको संयोजनको जिम्मेवारी लिइरहेको गोफः त्वाःको आयोजनामा भएको र्‍याली गोफलबाट ब्रह्मटोल, ओन्दे, न्हूघः, क्वहिति, भिंद्यःत्वाः, मरु, यतखा, न्यत, त्यंगः, न्हाय्कंत्वाः, थाय्मदु, असं, जनबहाः, वंघः, न्हूसतक, ओमबहाः हुँदै लगन पुगेर समापन गरिने भएको छ ।
कामपाका पूर्वमेयर विद्यासुन्दर शाक्यको विशेष उपस्थिति रहेको र्‍यालीमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, संरक्षकद्वय सन्तु महर्जन र प्रचण्डमान बज्राचार्य, कोषका पदाधिकारीहरु र काठमाडौंभित्र रहेका विभिन्न महिला समूहका महिलाहरुको सहभागिता रहेको थियो ।

सुकुन्दा र्‍यालीकाे उद्घाटन गर्नुहुँदै कामपाकी उपमेयर सुनिता डंगाेल ।
सुकुन्दा र्‍यालीकाे उद्घाटन गर्नुहुँदै कामपाकी उपमेयर

२०६१ सालबाट यःमरि पुन्हीको दिनलाई ज्यापु दिवसका रुपमा मनाउन थालिएको थियो । यसलाई २०६५ सालमा राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । ज्यापु दिवसका अवसरमा यस वर्ष पनि बसन्तपुरमा भव्य समारोहको आयोजना हुने आयोजकहरुले बताएको छ । सो दिन बिहान नगरपरिक्रमाका साथै दिउँसो औपचारिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध