राखेपद्वारा धन्यवाद ज्ञापन

राष्ट्रिय खेलकुद परिषद्ले आईतबार एक बिज्ञप्ती जारी गर्दै नवौं राष्ट्रिय खेलकुद सफल पार्न भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार, कास्कीसहित गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाका स्थानिय सरकार, विभिन्न राष्ट्रिय खेल संघ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शैक्षिक संस्थाहरु, विद्यार्थी, सञ्चारकर्मी, स्वयंसेवक, स्थानियवासी, दर्शक, विभिन्न १४ विषयगत उपसमिति, प्रशिक्षक, निर्णायक, खेलाडी, कर्मचारी, प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदका दौरान विभिन्न नयाँ कुराको थालनी गर्नुका साथै पहिलो पटक रनिङ्ग ट्रफीको निर्माण गर्नुका साथै आधुनिक सूचना प्रविधीलाई प्रयोगमा ल्याउँदै खेलाडीहरुका साथै नवौं खेलका गतिबिधीलाई इलोक्ट्रोनिक्स माध्ययममा अभिलेखिकरण गर्न सफल भएको र यसले आगामी दिनमा अध्ययन अनुसन्धानका लागि सहजरुपमा सूचना प्राप्त गर्न र नेपाली खेलकुदको विकासमा दीर्घकालीन प्रभाव पार्ने बिज्ञप्तीमा बताइएको छ ।
१० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म भब्य र सफलतापूर्वक सम्पन्न गर्न समयमै तयारी थाल्न राखेपले प्रतिबद्धता समेत जाहेर गरेको छ ।
यस्तै नवौं राष्ट्रिय खेलका दौरान दूर्घटनाभई दिवंगत पाराग्लाइडिङ्गका खेलाडी निसिम थापाको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना ब्यक्त गर्नुका साथै स्व. थापाको सम्मानमा पोखरा रङ्गशालामा शालिक निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
यसैगरि नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक १७२ स्वर्णसहित नवौं राष्ट्रिय खेलकुदको विजेता भइ रनिङ ट्रफी हासिल गर्न सफल नेपाली सेनाका साथै पदक विजेता खेलाडी र सहभागी टोलीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध