रोशना तुलाधरको ‘रंग जिगु हिला वन’
नेपालभाषाको नयाँ गीत ‘रंग जिगु हिला वन स्व रे’ सोमवार हाइलाइटस् नेपालबाट प्रिमियर गरिएको छ । नेपालभाषाका चर्चित निर्देशक सुरेन्द्र तुलाधरको शब्द तथा निर्देशन रहेको सो गीतमा रोशना तुलाधरको स्वर तथा नील शाक्यको संगीत रहेको छ भने संगीत संयोजन जीवित जल्मीको रहेको छ ।
विजय, रोशना र सुभाय् तुलाधरको प्रस्तुतिका रुपमा प्रस्तुत गीत विट्स रिकर्डिङ्ग स्टूडियोमा विरेन कुमार शाक्यले रेकर्ड गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा सुभाय् तुलाधर, अतिसा तुलाधर र लुनिभाः तुलाधरको मोडलिङ्ग रहेको छ ।
मुकेश हुमागाईंको छायांकन तथा सुजन बडालको सम्पादन रहेको गीतमा भोगेन्द्र मानन्धरको श्रृंगार तथा कोरियोग्राफी रहेको छ ।
गीत तथा म्यूजिक भिडियोमा नवयौवनाहरुको मनमा हुने खुल्दुलीलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।








