प्रणाली पछ्याउनुपर्छ, कानुनको पालना गर्नुपर्छ, वेरुजुको मात्रा घट्छ — प्रमुख शाह

प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि वेरुजुको मात्रा घट्ने काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले बताउनुभएको छ । ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘वित्तिय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।’
आज आन्तरिक लेखा परीक्षण तथा बेरुजु सम्परीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, हतारमा काम नगर्न सुझाव दिँदै भन्नुभयो, ‘भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका काम सम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस् ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।
अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालले हिजोका वेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फस्र्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तिय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोडदिनुभयो ।
यस्तै इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट््याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका बेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो । लेखा परीक्षण तथा सम्परीक्षण एकाई प्रमुख गोपालप्रसाद पोखरेल भन्नुहुन्छ, ‘हामीले वेरुजु फस्र्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ । प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पु¥याउने प्रयासमा छौँ ।’
अन्तरक्रियामा वडासँग सम्बन्धित पूर्वाधार, राजस्व, वित्त र प्रशासन क्षेत्रमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध