कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट
काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
पम्पमा रहेको पुरानो मट्टितेलको ट्यांकी खाली गरी प्वाल टाल्नका लागि वाइल्डिङ गर्ने क्रममा विस्फोट भएको र वेल्डिङको काम गरिरहेका मिस्त्रीहरु विस्फोटका कारण घाइते भएको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
घाइते भएका दुई मध्ये एक जना लगभग २० फिटको उचाइसम्म उफारिएको र उनको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् भने घाइते भएका दुवै जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । गम्भीर घाइते भएका मिस्त्री किसनलालकाे अहिले वीर अस्पतालकाे सघन उपचार कक्षमा उपचार भइरहेकाे छ ।
सुरक्षा निकायले थप अनुसन्धानका पेट्रोल पम्पका सञ्चालकहरुसँग सोधपुछ थालनी गरेको छ ।











