इतुंबाहाः संरक्षण समाजमा प्रज्ञारत्न शाक्यकाे नेतृत्व
काठमाडौँ । श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार इतुंबाहाः संरक्षण समाजको १६ औँ साधारणसभाले प्रज्ञारत्न शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघिको कार्यसमितिमा प्रज्ञारत्न शाक्य सचिवको भूमिकामा हुनुहुन्थ्यो ।
यसैगरी इतुंबाहाः संरक्षण समाजको उपाध्यक्षमा रमेश शाक्य रहनुभएको छ भने रत्नसम्भव शाक्यले सचिव र रुपकुमार श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएकाे छ । रुपकुमार शाक्य पछिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष पदमा हुनुहुन्थ्यो ।
यस्तै सदस्यमा स्थविर सानुबाबु शाक्य, सुन्दरमान शाक्य, भगवान शाक्य, मन्जिव शाक्य, प्रजित शाक्य र मणिरत्न शाक्य चुनिनुभएकाे छ।
कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसैगरी निवर्तमान अध्यक्ष क्या. चन्द्रबहादु्र शाक्य तथा उपाध्यक्ष स्वस्तिरत्न शाक्यलाई सल्लाहकारमा मनोनित गरिएको छ ।
इतुम्बहाः संरक्षण समाजमा नवनिर्वाचित अध्यक्ष प्रज्ञारत्न शाक्यले महाविहारकाे क्रियाकलाप व्यवस्थित गर्ने र इतुंबाहाः सङ्ग्रहालय आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।








