कामपा १२ मा भारी मतान्तरले काँग्रेसको प्यानल विजयी

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिका १२ वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।
भर्खरै घोषणा गरिएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका बालकृष्ण महर्जनले २१४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विकास महर्जनले जम्मा ९९३ मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी महिला सदस्य पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी नानीहेरा डंगोल २२०३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनिता महर्जनले ७९३ मत प्राप्त गरेका थिए ।
यसैगरी दलित महिला सदस्यमा मुना गहतराज १७०३ मतका साथ विजयी भएकी छिन् भने खुल्ला सदस्य पदमा पुष्परत्न प्रजापति १९६२ तथा श्यामकृष्ण खड्गी १७६७ मत प्राप्त गरी विजयी भएका छन् ।
काठमाडौं महानगरपालिका १२ वडामा २०७४ को चुनावमा विकास डंगोल विजयी भएका थिए । उनले सो समयमा नेपाली काँग्रेसका महर्जनलाई ८० मतको अन्तरले पराजित गरी विजय हासिल गरेका थिए भने पाँच वर्षपछिको चुनावमा नतिजा उल्टिएर ११५६ मतान्तरले महर्जनले जीत हासिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध