गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिने पुरस्कार वितरण स्थगित

गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिने पुरस्कार वितरण कार्यक्रम हाललाई स्थगित गरिएको प्रतिष्ठानका सचिव प्रतिसरा साय्मिले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
आउँदो माघ १ गते शनिवारका दिन उपन्यास विधामा दिइने ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ तथा कला क्षेत्रका विशिष्ट व्यक्तित्वलाई दिइने ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको तीव्र संक्रमण र नेपाल सरकारद्वारा सार्वजनिक सभा, समारोह गर्नलाई जारी गरिएको मापदण्डलाई आधार मानी हाललाई सो पुरस्कार वितरण कार्यक्रम स्थगित प्रतिष्ठानले जनाएको छ ।
पुरस्कार समय अनुकूल र संक्रमणको परिस्थितिलाई मध्यनजर गरि प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध