फाेहर व्यवस्थापनका लागि स्थानीयकाे धर्ना

२०७८ भाद्र १९ गते शनिबार फोहरमैला ट्रान्सपोर्टमा फोहर मैला जम्मा मात्र भई डम्पिंग साईटमा नलगेका कारण स्थानीय बासिन्दाद्वारा विरोध तथा धर्ना प्रदर्शन गरेका छन् ।
फोहर थुप्रिएका कारण स्थानीय बासिन्दाहरु दुर्गन्धका कारण बसि नसक्नु भएको र फोहरका किटाणुहरुले गर्दा विषेशतः वृद्घ महिला तथा बालबालिकाहरुमा प्रत्यक्ष असर परेको स्थानीय बासीन्दाको आरोप रहेको छ ।
फोहरमैला ट्रान्सपोर्ट स्टेशनमा निजी अस्पतालमा प्रयोग गरिसकेका पिपिईका साथै अन्य सामाग्री पनि ल्याउने गरिएको छ भने निजीरुपमा संकलन गरिएका गाडीहरुद्वारा पनि फोहर मैला ल्याउने गर्दथ्यो ।
विरोध तथा धर्ना पछि काठमाडौं महानगरपालिका वातावरण विभागमा गई विभागीय प्रमुख हरी कुमार श्रेष्ठलाई विभिन्न मागका साथै ज्ञापन पत्र बुझाईएको थियो ।
ज्ञापन पत्रमा स्थानीय वासिन्दाहरुलाई नि शुल्क औषधी उपचार, दीर्घकालीन ट्रान्सपोर्ट स्टेशन बन्द गर्न अन्य विकल्प खोज्नु पर्ने, ट्रान्सपोर्ट स्टेशनको नाममा डम्पिंग गरिएका फोहर मैला यथाशिघ्र सफा गरिनु पर्ने, ब्रुमरको धुलो फाल्नमा रोक लगाउनु पर्ने, सेफ्टीट्यांकीको फोहर खन्याउन रोक लगाउनु पर्ने, फोहर मैला लोड अनलोड गर्दा दुर्गन्ध तथा किटाणु विनासका लागि पर्याप्त मात्रामा औषधी छर्कनु पर्ने माग राखी स्थानीयद्वारा ज्ञापन पत्र बुझाईएको थियो ।
साथै यस कार्य अगाडी बढाउनको लागी फोहरमैला पीडित संघर्ष समिति पनि गठन गरिएको थियो ।

0-02-03-3580b76d1ffb519392fad769d624dba2a8670eb334ff65a62b64464554e6d630_97e730c5ec7aa022
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध