काेभिड सचेतनामा सक्रिय जीवनराम

संघीय प्रतिनिधि सभा सदस्य  जीवन राम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ८ अन्तर्गत कामपा १५ वडा छाउनी गणेश मन्दिर, प्रगति मुख मार्ग, छाउनी किमडोल मार्ग, छाउनी गल्ली मार्ग र बाहिति एरियामा कोभिडको महामारीबाट बच्न जनचेतना अभियान सन्चालन गरेका छन्।

उक्त अवसरमा माक्स, हातधुने साबुन र चेतनामुलक क्यालेन्डर घरघरमा वितरण गर्दै कोभिड-१९ पोजिटिभ भएकोलाई बस्न आनन्दकुटी आईसोलेशन केन्द्र स्वयम्भु मा निःशुल्क सन्चालनमा रहेको समेत जानकारी गराएको छ।
कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, कामपा १५ वडाका सदस्यहरु मैयाँ लक्ष्मी महर्जन र स्थानीय राजु महर्जन, बिष्णु जोशी लगायतका उपस्थिति रहेको थियो ।
“कोभिडबाट आफू पनि बचौं ! अरुलाई पनि बचाऔं !”

0-02-03-f081130008605ef07a6d65a22ab5ad896065a8318022dc5b2b39c5b7c1692770_baf09c284880c84e

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध