नेपालभाषाबाट लेख लेखन प्रशिक्षण

हलिं नेवाः गुथि, वनस्पति अनुसन्धान शाखको आयोजनामा यही श्रावण २६ गते ‘नेपालभाषा च्वसु च्वज्या स्यनेकने मुँज्या’ (नेपालभाषा लेख लेखन प्रशिक्षण कार्यक्रम) सम्पन्न भएको छ ।
आयोजक संस्थाका संयोजक प्रा.डा. धर्मराज डंगोलले स्वागत गर्दै वनस्पति सम्बन्धी लेख संग्रह गरी पुस्तक प्रकाशन गर्ने उद्देश्यका साथ यो प्रशिक्षण सञ्चालन गरिएको बताए ।
अमेरिका, बेलायत, क्यानाडा र नेपालबाट गरेर जम्मा ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको यस प्रशिक्षणमा प्रशिक्षक लोककवि राजभाइ जकःमिले लेखका तत्व, अंग, प्रकार, उद्देश्य आदि विषय समावेश गरेर नेपालभाषाबाट सुद्ध लेख्ने विधि समेत प्रभावकारी रुपमा प्रशिक्षण दिएको थियो ।
प्रशिक्षणको मुल्यांकनका क्रममा सहभागीहरु प्रा.डा. श्यामकृष्ण महर्जन, डा. अनिता मानन्धर , डा. शान्तवीर सिंह तुलाधर, प्रा.डा. धर्मराज डंगोल, दामोदर प्रधान, पन्नारत्न महर्जन, वीरबहादुर महर्जन, रोज श्रेष्ठ, सिलकुमारी महर्जनले यस प्रशिक्षणले आफूहरुलाई नेपालभाषाबाट लेख लेख्न ठूलो उत्प्रेरणा प्राप्त भएको बताएका थिए ।
प्रशिक्षणको अन्तमा हलिं नेवाः गुथिका महासचिव सुरेश सैंजुले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध