अपहेलित थर तथा धर्म परिवर्तन विषयमा समितिकाे धारणा सार्वजनिक

नेपाल खड्गी सेवा समितिले अपहेलित थर तथा धर्म परिवर्तनका विषयमा एक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सभापतित्व ग्रहण गर्दै समितिका अध्यक्ष अन्जिता खड्गी ।

काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष अन्जिता खड्गीले धर्मपरिवर्तनको लागी स्वास्थ्यलाई सबैभन्दा सजिलो हतियारका रुपमा प्रयोग गरेको पाइन्छ । विभिन्न रोगबाट ग्रस्त भई निको नभएको र यो धर्ममा परिवेश गरेपछि निको भएकोले धर्म परिवर्तन गरेको सजिलो जवाफ पाउन सकिन्छ र धर्म परिवर्तन गर्नेले यसलाई हतियारको रुपमा प्रयोग गरीरहेको छ ।
त्यसैगरी अपहेलित थरको बारेमा आफ्नो तर्क राख्दै खड्गी जातिको पेशालाई थरको रुपमा परिवर्तन गरी अदालतमा समेत अपहेलित गरेको पाएकोले यसको लागि खड्गी समाजले धेरै आन्दोलन गरिसकेको जानकारी दिए । साथै नेपालभाषाको लागि लडिरहेका नेवार समुदायका अग्रजहरुलाई एक ठाउँमा धर्म परिवर्तनको लागि भइरहेको घातक कार्यलाई अध्ययन अनुसन्धान गराउने बताए ।
मन्तव्यकै क्रममा लाहुर्निप संस्थाका सचिव अधिवक्ता शंकर लिम्बुले जातिय आधारमा हेला गर्न नपाउने आफ्नो हकहितको लागि आफै अगाडि सरी आवाज उठाउनु पर्ने जिकिर गरे ।

संरक्षक मनाेज नेवाः खड्गी आतिथ्यता ग्रहणका क्रममा ।

त्यसैगरी खड्गी समाजका संरक्षक मनोज नेवाः खड्गीले जातीय नाममा कहिँ पनि धर्मको कुरा ल्याउन नहुने धर्मपरिवर्तन गर्नेले समुदायको जात्रापर्व संस्कृति सबैमा आक्रमण गर्ने भएकोले आफै सचेत हुनुपर्ने साथै यसको लागि आवाज उठाउनु परे आफै सँधै तत्पर रहेको कुरा बताए । साथै धर्म परिवर्तन गर्नेले अगाडिको नाम फेर्ने गरेकोमा आफ्नो जात पनि फेरे हुने कुरा राखे ।

अपहेलित थर बारे सर्वाेच्च अदालतकाे फैसला सम्बन्धी प्रेस विज्ञप्ति वाचनका क्रममा महासचिव राज शाही ।

समितिका महासचिव राज खड्गीले अपहेलित थरबारे सर्वोच्चको फैसला र सहमहासचिव नेवार समाज र धर्म परिवर्तन विषयमा प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

विज्ञप्ति वाचनका क्रममा महासचिव खड्गीले नेपालको संविधानको धारा १६ ले मौलिक हकको रुपमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था भए पनि खड्गी जातिका सदस्यहरुले अपमान सहँदै अपहेलित भइरहनु पर्ने गरी सरकारी कागजपत्रमा समेत कसाई, कसाही, साही, साई भनी बाध्यतापूर्ण जाति एवमं थरको रुपमा ग्रहण गर्नु पर्ने अवस्था रहेको बताए ।

प्रेस विज्ञप्ति प्रस्तुत गर्दै सहमहासचिव राकेश खड्गी ।

यस्तै धर्म परिवर्तनको विषयमा सचेतना जगाउन समितिले यही श्रावण १४ गते नेवार समाज र धर्म परिवर्तन विषयक अन्तक्र्रिया आयोजना गरेको र धर्म परिवर्तनको विषयमा जनचेतना जगाउनका लागि निरन्तर भर्चुअल माध्यमबाट र केही समयपछि भौतिकरुपमा नै वृहत सभाको आयोजना गरिने सहमहासचिव खड्गीले बताए ।

(तस्वीरहरू ः अद्वितीय महर्जन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध