काष्ठमण्डपमा गजुर राखिने

नेपालको ऐतिहासिक काष्ठमण्डपको पुनः स्थापना पुरा गर्न गजुर ल्याइसकेको छ । २०७२ सालको भुइचालोबाट भत्किएको सो काष्ठमण्डप पुननिर्माणको अन्तिम चरणमा पुगेको छ । यस क्रममा श्रावण १४ गते विहीवारका दिन गजुरको लागि भनि बनाएको काठको आधारलाई बाजागाजा सहित स्वागत गरिएको छ ।
यस अघि काष्ठमण्डपसँगै रहेको श्रीखण्डतरुमुल महाविहार सिखंमू बहालमा दुइदिन राखि त्यहाँका बज्राचार्यहरुले तान्त्रिक विधिअनुरुप पूजाआजा गरिएको थियो ।
सो आधारलाई बज्रयानी तान्त्रिक विधिबाट चचा गाइ गजुर विसाएको थियो । बौद्ध विद्धान यज्ञमानपति बज्राचार्यको नेतृत्वमा पुजा भएको थियो ।
यस कार्यक्रममा काठमाण्डौ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, निर्माण समितिका अध्यक्ष सांसद राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार १८ वडाका अध्यक्ष न्हूच्छेकाजी महर्जन, २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध