‘वन वे’को सुटिङ सुरु
मेरो संवाददाता
काठमाडौं
कोभिड–१९ का कारण ठप्प प्राय रहेको नेपाली चलचित्र जगत म्यूजिक भिडियो र शर्टमूभिका माध्यमबाट विस्तारै सुरु गर्ने बाटोमा लागेको छ ।
यसैक्रममा नेपालभाषाका ख्यातिप्राप्त निर्देशक सुरेश खड्गी नेपाली शर्ट मूभि लिएर आउने भएका छन् । नेपाली सामाजिक विषयमा आधारित रहेको ‘वन वे’ शर्टमूभि लिएर उनी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।
मेकअप आर्टिष्ट तथा निर्देशक सनम कुमार श्रेष्ठको लेखन रहेको चलचित्रमा नयाँ कलाकारहरुकै वर्चश्व रहने भएको छ ।
शर्टफिल्मका सहनिर्देशक रबि महर्जनले दिनु भएको जानकारी अनुसार यस चलचित्रमा केही समय अघि नेपालभाषा एकेडेमीको आयोजनामा भएको एकांकी प्रदर्शनमा देखिएका कलाकार जुनु त्वाय्नाको चलचित्र क्षेत्रमा प्रवेश हुने भएको छ ।
सुजन श्रेष्ठको निर्माण रहेको चलचित्रमा सुरज नापित, आराध्यालक्ष्मी खड्गी र जुनु त्वायना प्रजापतिको प्रमुख भूमिका रहने छ । अमर चित्रकारको छायांकन रहने शर्टफिल्म नाट्येश्वर फिल्मस्को ब्यानरमा तयार हुने भएको छ ।
बढीमा आधा घण्टाको हुने चलचित्रको इन्डोर सुटिङ सम्पन्न भइसकेको बताउनुहुँदै सहनिर्देशक महर्जनले मौसमको प्रतिकूलताका कारण आउटडोर सुटिङ गर्न नसकिएको मौसम सफा हुनासाथ बाँकी सुटिङ सकाएर यूट्यूब मार्फत् चलचित्र सार्वजनिक गरिने बताउनु भयो ।








