किलाघः त्वाः छेँको खरपुजा सम्पन्न
काठमाडौंका परम्परागत ३२ टोल मध्येको एक किलाघः टोलको त्वाःछेँ पुनःनिर्माणका क्रममा आज खरपुजा सम्पन्न भएको छ ।
घर निर्माणका क्रममा पूर्ण निर्माणपूर्व खरपुजा गर्ने गरिन्छ । घर निर्माणका क्रममा निर्माण सम्पन्न हुनु अगावै घरमा प्रवेशका लागि यो पुजा गरिने गरिन्छ ।
परम्परागत किलाघः त्वाःमा टोलका सांस्कृतिक गतिविधिहरु सञ्चालनका लागि त्वाःछेँमा वाद्यप्रशिक्षण, वाद्य सामग्रीहरुको भण्डारण, सांस्कृतिक जात्रापर्व तथा गुठीका विविध क्रियाकलापहरु सञ्चालनका लागि त्वाःछेँको प्रयोग गरिन्छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको भवन यही बैशाखभित्र पूरा गर्ने लक्ष्य रहेको किलाघः टोलका अध्यक्ष वंशीकृष्ण डंगोल बताउनुहुन्छ ।
खर पुजामा घर निर्माणमा खटिने डकर्मी नाइके र सिकर्मी नाइके मुख्य भइ पुजा गर्ने गरिन्छ । पूजाका क्रममा किलाघः त्वाःका मूगुरु लक्ष्मीनारायण महर्जन, कजि इन्द्र महर्जन, धुन्यागुरु मोहनकृष्ण महर्जनलगायतका गुरुहरु र टोलका सदस्यहरुको सहभागिता रहेको थियो ।

पूजाका क्रममा टोलका युवाहरुले धिमे बाजा बजाएका थिए भने किलाघः त्वाः मिसा पुचःले व्यवस्थापनमा सहयोग पु¥याएका थिए ।









