अद्वितीयले जिते – तीन अवार्ड
भर्खरै सम्पन्न फेश अफ एम्पाएरकाे ग्राण्ड फिनालेमा प्रतियाेगिताका सबैभन्दा कान्छाे उम्मेद्वार अद्वितीय महर्जनले तीन अवार्ड हात पारेका छन् ।
हाल ज्ञानाेदय मा.वि.मा ९ कक्षामा अध्ययनरत महर्जनले माेस्ट ट्यालेन्टेड, माेस्ट पंचुअल र अर्गनाइजर च्वाइस अवार्ड हात पार्न सफल भएका हुन् । महर्जनले ट्यालेण्ट हण्ट राउण्डमा धिमे बाजा बजाएर प्रतिभा प्रस्तुत गरेका थिए ।
द ग्रूभिज एन्टरटेन्मेन्टद्वारा अायाेजित कार्यक्रम द फेश अफ एम्पाएरकाे टाइटल पुरूषतर्फ मन्दिप श्रेष्ठ र महिलातर्फ दीया महर्जनले हात पारेका थिए ।
टाइटल विजेता श्रेष्ठले मिस्टर फाेटाेजेनिक, मिस्टर बेस्ट वाक, बेस्ट पर्सनालिटी हात पारेका थिए भने महिलातर्फकी विजेता महर्जनले भ्यूअर च्वाइस, फाेटाेजेनिक, बेस्ट पर्सनालिटी अवार्ड हात पारेका थिए ।
यसैगरी फस्ट रनर अप मिस्टर पर्वत श्रेष्ठले मिस्टर साेसिएल एक्टिभिटी अवार्ड हात पारेका थिए भने महिलातर्फ फस्ट रनर अप बनेकी फुर्बु तामाङ्गले मिस साेसिएल एक्टिभिटी, माेष्ट डिसिप्लेन, मल्टीमिडिया अवार्ड हात पारेका थिए ।
यस्तै सेकेण्ड रनर अप मिस्टर लाेयन श्रेष्ठले भ्यूअर च्वाइस अवार्ड पनि हात पारेका थिए । महिला सेकेण्ड रनर अप अाकृति महर्जनले बेस्ट ड्रेस, बेस्ट फिग अवार्ड हात पारेका थिए ।
अवार्ड जित्ने अन्य प्रतियाेगीहरूमा मिस माेस्ट ट्यालेन्ट, बेस्ट वाक, लेडी अफ एम्पाएर पुजा खड्गीले हात पारिन् भने मिस्टर बेस्ट ड्रेस र म्यान अफ एम्पाएर सन्दिप सुन्दास र माेस्ट डिसिप्लेन उत्सब सिलाकारले हात पारेका छन् ।
फेश अफ एम्पाएरलाइ नेपाल ट्रेड लिंकले प्रमुख प्रायाेजन गरेकाे थियाे ।
इभेन्टका केही झलकहरू ः









