पत्रकार सिंह निर्देशनमा

मेरो साप्ताहिकका सहसम्पादक विजय कुमार सिंह निर्देशनमा पनि अगाडि बढेका छन् । लामो समयदेखि छायांकनमा सक्रिय सिंहको निर्देशनमा कामपा १८ वडा अध्यक्ष न्हुछेकाजी महर्जनको गीत “ल्यासे मय्जु” म्यूजिक भिडियो तयार भएको छ ।
वडाध्यक्ष महर्जनको रचना रहेको गीतमा सुमन कपालीको स्वर तथा संगीत रहेको छ ।
अल्का महर्जन र राजु महर्जनको अभिनय रहेको म्यूजिक भिडियो कामपाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा शनिवार प्रिमियर गरिएको थियो ।प्रिमियर कार्यक्रममा स्वागत गर्दै रचनाकार एवम् वडाध्यक्ष महर्जनले आफूले धेरै पहिले रचना गरेको गीतको म्यूजिक भिडियो तयार भएको र निकट भविष्यमै एल्बम तयार पार्ने बताए ।
दशबहादुर महर्जन र सन्दिप श्रेष्ठको छायांकन रहेको भिडियो सम्पादन सन्दिप श्रेष्ठले गरेका छन् भने कलाकारहरुको श्रृंगार सनमकुमार श्रेष्ठको रहेको छ ।
प्रिमियर कार्यक्रम नानीहेरा महर्जनले सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध