शंखरापुर नगर साँखुमा देबी नाच सम्पन्न

शंखरापुर नगर साँखुमा भदौ १६ गते काया अष्टमी बुधबारका दिन राती ९ः३० बजे देखि बिहिबार बिहान ६ः०० बजे सम्म देबी नाच देखाएको छ । बर्षको एक रात यस दिन देखाउदै आएको यस दिन देखि मालश्री धुन र गित फुक्ने चलन पनि रहिआएको पाईन्छ । मालश्री धुन र गित सुन्ने बितिकै दशै आएको आभाष हुन्छ । साँखुमा देबी,चण्डी र भैरबको देबीनाचमा

( ख्या,कवं बेटाल )ख्याक,कंकाल र बेतालको पात्रको विशेषता हुन्छ । यस देबी नाच देखाउन बिहान सबेरै बज्रयोगिनी माई पुजा गरि बज्रयोगिनी माईको ३ वटा किकिंपाः ल्याई देबी ,चण्डी र भैरबलाई शिरमा लगाइदिनछ त्यसपछि देबी, चण्डी र भैरब रात भरि काम्ने देखिन्छ । यसै दिनमा धुल्ला टोलको नासद्यः( नात्यश्वर) पुजा गरि भोज खाई चलाखु टोलको गणेस परिसरमा पहिला द्यः ल्हाके गरिन्छ । त्यस पछि चलाखु टोलकै देबी दबलिमा १२ ताल देबी र ख्याक नचाइन्छ। साँखुको ८ वटा टोलमा देबी नाच देखाउने चलन रहेकोछ । ८ वटा टोल मध्य ४ वटा माथि उठेको दबलिमा नाच देखाउछ भने ४ वटा दबलि सम्म भएको ठाउँमा नचाइन्छ । देबी नाच मालश्री धुनको तालमा नाच्ने गरिन्छ । यदि देबी गण नाच्दा खिं बाजा को ताल नमिलेको खण्डमा देबीको खड्गले खिं बाजा फुत्ने गरि हान्ने देखिन्छ सार्थ खिं बाजा बजाउने लाई खड्गले घाउ हुने गरि घोचेको पनि देखन्छ । साँखुको देबी नाचमा दैत्य पात्र चाहिँ राखिदैन । किनकि दैत्य पात्रलाई देबीको खड्गले प्रहार गर्दा साचिकै मृत्य हुने भयले दैत्य पात्र नराखेको भन्ने जनबिस्वस पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध