वडाबासीलाई निःशुल्क आँखा स्वास्थ्य सेवा
का.म.पा. १२ वडा टेकु र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर बिच आँखा जाँच तथा उपचार गर्ने र आँखा स्वास्थ्य सम्बन्धी शिबिर समेत संचालन गर्ने गरि आज आ.ब. २०८१/०८२ भरी का.म.पा वडा न.१२ वडाबासीलाई निशुल्क आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरियो ।
सम्झौतामा वडाको तर्फबाट वडा अध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकारी धर्म राज गोसाइँ बीच दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरी सेवाको सुरुवात गरेका छन्।
सामाजिक स्वास्थ्य सुरक्षाकाे लागि सँधै अग्रणी भुमिका निभाउँदै आईरहनु भएका अध्यक्ष महर्जनले यस कार्यक्रमले वडाबासीलाई थप सुविधा प्राप्त गर्ने विश्वास लिएकाे बताउनु भयाे । अस्पतालका कार्यकारी निर्देशक गाेसाईले परीक्षणका रूपमा याे कार्यक्रम संचालन गरी भविष्यमा अझ प्रभावकारी ढंगबाट अघि बढ्ने जानकारी गराउनु भयाे ।
साे कार्यक्रममा वडा सचिब संजुमा महर्जन तथा जनस्वास्थ्य निरीक्षक ज्ञानेन्द्र चन्द तथा अस्पतालकाे तर्फबाट आउटरिच काेअर्दिनेटर राम केसीकाे उपस्थितिमा हस्ताक्षर गरेकाे थियाे ।










