जननेता भण्डारीकाे प्रतिमा अनावरण
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएकाे जननेता मदनकुमार भण्डारीकाे अर्धकदकाे प्रतिमाकाे आज अनावरण गर्नुभएकाे छ ।
एमालेको सचिवालय बैठक अघि उक्त प्रतिमा अनावरण गरिएको हो ।
कलाकार लालकाजी लामाले निर्माण गर्नुभएको प्रतिमा अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।








