पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्पन्न
पावर एट्टी वनको आयोजनामा ललितपुरमा सम्पन्न भएको दोश्रो खशी कप एट बल पुल प्रतियोगितामा फुरी सेर्पाले कप हात पारेका छन् । विजेता फुरी शेर्पाले नेपालमै दोश्रा पटक एट बल पुल प्रतियोगिता खशी जितेकोमा आफु निकै खुशी भएको बताए
ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सयजना भन्दा बढी स्थानिय खेलाडिहरुले भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस प्रकारका खेलले युवाहरुलाई खेल प्रति आकर्षित हुन ठूलो मद्दत मिल्ने बताए । उनले ललितपुर महानगरपालिकाले पावर एट्टी वनले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुलाई आगामीदिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
त्यसैगरी प्रतियोगिता आयोजना गर्दै आएका मोदनाथ सिँखडाले यस प्रतियोगिताले पुल खेल तथा खेलाडिलाई अगाडि बढन थप मद्दत गर्ने उद्देश्यले आफुले हरेक महिना यो प्रतियोगिता गर्ने बताएका छन । उनले भने अरुले प्रतियोगितामा नगद दिनुहुन्छ तर मैले कृषि क्षेत्रलाई अगाडी बढाउन विजेतालाई खसी पुरस्कार दिने गरेको छु । यस प्रतियोगिताबाट सामाजिक कार्यको लागि समेत सहयोग गर्दै आएको छु । ।








