फुर्सदका बेलामा भोलिका लागि तयार हुनुपर्छ ः नातिकाजी
नातिकाजी महर्जन
प्रधानाध्यापक, ज्ञानोदय उ.मा.वि.
कोभिड–१९ का कारण शिक्षा क्षेत्र तथा शिक्षकरुलाई परेको प्रभाव तथा वर्तमान शिक्षाको गुणस्तरवृद्धिका सम्बन्धमा काठमाडौं उपत्यकाकै ख्यातिप्राप्त ज्ञानोदय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनसँग मेरो साप्ताहिकका सम्पादक रत्नकाजी महर्जनले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
कोभिड–१९का कारण विद्यालय बन्द भएको चार महिना भइसक्यो । यो अवस्थामा तपाईलाई अहिले शिक्षा कुन अवस्थामा छ भनि मूल्यांकन गर्नु भएको छ ?
कोभिड १९ को इन्फेक्सन संसारमा नै व्यापक छ । विश्वलाई नै यसले असर पारेको छ । जसमा नेपाल मात्र अछुटो रहने कुरा आउँदैन । अहिले जुनसुकै कुराको पनि अस्तव्यस्त अवस्था छ । मानिसहरुको व्यवसाय सबै बिग्रिएको अवस्था छ ।
यसै बीचमा शिक्षा क्षेत्रत झन नराम्रोसित बिग्रिएको प्रभावित भएको छ । अहिले हामीले विभिन्न तौरतरिकाहरु अपनाइरहेका छौं । कोराना हुनुभन्दा पहिला जस्तो शिक्षा छ त्यो बेलाको अवस्था हेर्ने हे भने अहिले केहि नभएको अवस्था छ । हामीले ज्ञानोदयमा केहि गतिविधिहरु सञ्चालन गरिरहेका छौं । विभिन्न देशका शैक्षिक संस्थाहरुकोे प्रयासका कारण हामीले केहीकेही भइरहेको पाउँछौ ।
ज्ञानोदय स्कूलमा पनि सुरुवातका दिनदेखि केही गर्नुपर्छ थप्प पारेर बस्नु हुँदैन भन्ने भावनाले काम गरीरहेका छौं । यसै बीचमा पनि हामीले शिक्षक अभिभावक र विद्यार्थीहरुलाई फोनबाट कुरा गरी विभिन्न अनलाइन मार्फत कम्यूनिकेसन गरिरहेका छाैं।
विद्यार्थीहरुको नाम संकलन गर्ने पुस्तकहरु बाड्ने सिध्याएर अहिले अनलाईन मार्फत पठनपाठन शुरु गरिरहेका छौं । माइक्रोसफ्टको टिमसित मिलेर कक्षा ४ देखि १२ सम्म अनलाईन मार्फत पठनपाठन गरिरहेका छौं । कक्षा १ देखि ३ सम्म र त्यो भन्दा कमको विद्यार्थीहरुलाई रेडियो र टेलिभिजनमा गरिरहेको पठनपाठन हेर्न र सुन्न दिन अभिभावकहरुलाई जानकारी दिइ रहेका छांै । हप्ताको १ दिन स्कुलमा सम्पर्क राखि होमवर्क दिने काम पनि गरिरहेका छौ । यसमार्फत अभिभावक, शिक्षक र विद्यार्थीविच कमिनिकेसन गराइरहेका छौ ।
कोभिड १९ का कारण अनलाइन कक्षा संचालन भइरहेको अवस्थामा शिक्षकहरुको अवस्था कस्तो छ ?
विभिन्न व्यवसायमा लागिरहेकाहरुको जिवन शैली न्यूनतम विन्दुमा पुगेर आज के खाने भोलि के खाने भन्ने स्थितिमा समाज पुगेको छ । छन् होला केहि प्रतिसत हामीसित छ भन्ने । दैनिक ज्यालादारी गरेर खानुपर्नेहरुलाई यो अवस्था निकै दयनिय भएको छ । यहि समयमा शिक्षा क्षेत्रमा केहि गर्नुपर्छ भनेर लागि परेका शिक्षकहरु त्यसमा पनि निजि विद्यालयका शिक्षक, सरकारी विद्यालयका शिक्षकहरु जहाँ विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने तलव भत्ता र सुविधामा काम गरिरहनु भएका शिक्षकहरु कर्मचारीहरुको आर्जनमा विद्यालयले व्यहोर्नु पर्नेमा विद्यालयलाई गाह«ो भइरहेको छ । कतिपय विद्यालयहरुले आयआर्जन शुन्य रहन गयो । त्यसैले विद्यालयले तपाईहरुलाई पैसा दिन नसक्ने भयो । त्यसकारण तपाईहरु विद्यालय नआउनुस घरमै वस्नुहोस भन्ने अवस्था सिर्जना भइरहेको छ । यस्तो अवस्था निजि विद्यालयले पनि केहि गरौं भनि केहि गर्ने प्रयत्न पनि गरे । तर त्यहाँ तिर्नु पर्ने रकम छ त्यो तिर्न नसकेपछि त्यहाँ पनि अन्यौल सिर्जना हुने स्थिति छ । सरकारी विद्यालयमा पनि फ्रि इजुकेसन भने पनि केही विषयहरुमा अभिभावकसँग निर्भर रहनुपर्ने खुसी पार्नुपर्ने र सहयोग लिनु पर्ने हुन्छ । त्यहि सहयोगबाट विद्यार्र्थीहरुको शिक्षण क्षेत्र गुणस्तरीय बनाउन । विद्यालयको आन्तरिक स्रोतबाट शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने र अब पढाई थप्प भइसकेपछि यो वन्दको अवस्थामा अभिभावकहरुसित कुनै रकम लिनु उपयुक्त हुँदैन । लिन्छु भन्दा पनि अभिभावकहरु दिन तयार रहेको अवस्था छैन । नसकेपछि विद्यालयमा स्रोत हुँदैन त्यसपछि विद्यालयको आन्तरिक स्रोतबाट जुन शिक्षकहरुलाई पारिश्रमिक र अन्य सुविधाको व्यवस्था गरिरहेका थियौं । अहिले भने तपाइहरु घरमै वस्नु पछि विद्यालय संचालन भइसकेपछि नियमित गर्छौ भन्ने अवस्था आएको छ ।
अहिले ज्ञानोदय कै कुरा गरौ । तपाईहरुको विद्यालयमा लगभग तिनहजार भन्दा बढि विद्यार्थी छ । अहिलेको पठनपाठनको लागि नेपाल सरकारले कतिजना शिक्षकहरु दिएको छ ? नपुग शिक्षकहरुको हकमा कसरी काम गरिराख्नु भएको छ ?
यस विद्यालयले भौतिक र शैक्षिक चयनको बाटोमा अगाडि बढ्दै गएपछि जनतामा एउटा विश्वास जाग्नु अभिभावकलाई विद्यालय प्रति विश्वास जाग्नु, विद्यार्थीहरुको त्यो विद्यालयप्रति रुचि चाहना बढ्नु त्यो अनुसार विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । अभिभावकले यो विद्यालयको चाहना गर्ने लेवल पनि बढ्दो छ । ज्ञानोदयमा यो कोरोना संक्रमनको अवस्थामा पनि अहिले सम्ममा हामीले दुईहजार विद्यार्थीहरु भर्ना गरिसकेका छौं । अब ११ कक्षामा भर्नाको लागि पनि विभिन्न जिल्लाबाट पनि फोनमार्फत सुचना पाइरहेका छौं । त्यसकारण एउटा स्कूलले शैक्षिक सत्रमा वृद्धि गरिसकेपछि अभिभावकको त्यहाँ पढाउने चाहना बढ्छ । त्यहि अवस्थामा पनि यो ज्ञानोदय स्कूलमा विद्यार्थीको चाप बढेको हो ।
यसको लागि कति जना स्थायी कर्मचारी छ आन्तरिकबाट कति थपेका छन् ?
शिक्षक कर्मचारीहरु सरकारी दरवन्दीमा प्राविधिक समेत गरी ६७ जना रहेको छ । त्यसपछि नर्सरी देखि कक्षा १० सम्मको लागि ४० जना विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेका छौं । अब कक्षा ११ र १२ को लागि सरकारी तहवाट ४ जना प्राविधिक अनुदान सहयोग पाइरहेका छौं । बाकि विद्यालयकै आन्तरिक स्रोतबाट संचालन गर्ने गरि मिलाइराखेका छौ ।
विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नु परेको भन्नु भयो । उहाँहरुलाई पनि सरकारको कोटामा पार्न नसक्नुको कारण के हो ?
सरकारसँग पनि शिक्षक दरबन्दिको मात्र सिमित रहेको हुन्छ । विभिन्न विद्यालयमा छरिरहेको शिक्षकहरुलाई आवश्यक पर्ने वित्तिकै एक ठाउँबाट अर्को ठाउँमा परिचालन गर्न विभिन्न बाधा अड्चनहरु रहेको हुन्छ । सरकारले भन्ने बित्तिकै शिक्षक दरबन्दी विस्तार गर्न सक्दैन । विद्यार्थी भर्ना भइसकेको हुन्छ, ती विद्यार्थीहरुलाई पढाउनका लागि आवश्यक पर्ने शिक्षक सरकारका तर्फबाट उपलब्ध नहुने भए पछि विद्यालयले आफ्नै नियम बनाएर प्रक्रिया पूरा गरी आन्तरिक श्रोतबाट व्यहोर्ने गरी शिक्षक पूर्ति गर्ने गर्दै आएका छौं । यसरी थप्दै जाँदा अहिले ज्ञानोदयमा मात्रै आन्तरिक श्रोतका ४० जना शिक्षकहरुले पठन पाठन गराई रहनु भएका छन् ।
आन्तरिक श्रोतका शिक्षकहरुलाई अहिले कसरी व्यवस्थापन गरीरहनु भएको छ ?
निजी श्रोतका शिक्षक साथीहरुसँग विद्यालयको अवस्थाका बारेमा छलफल गरेका छौं । अहिले सरकारी श्रोतबाट उपलब्ध हुने सहयोग शिक्षकहरुलाई दिन सकिँदैन । तपाईंहरुले सहयोग गर्नुप¥यो भनेका छौं । उहाँहरुलाई असारसम्मको ५०% मात्र तलब व्यवस्था गरेका छौं । उहाँहरुले पनि वर्तमान अवस्थामा ५०% तलबलाई पनि स्वीकार गरी भोलिका दिनमा राम्रो भएपछि पूर्ण तलब पाउनेमा विश्वस्त हुनु भएको छ । विद्यालय राम्रो भए नै आफूहरुको भविष्य पनि राम्रो हुन्छ भन्ने भावना उहाँहरुले लिनुभएको छ । अर्कोतर्फ वर्तमान समयमा अभिभावकहरुसँग लिँदै आएको सहयोग पनि लिन मिल्दैन भन्ने व्यवस्थापन समितिको निर्णय अनुरुप हामीले सहयोग लिइरहेका छैनौं ।
काठमाडौं महानगरमा स्थानीय विषयका रुपमा नेपालभाषाको पठनपाठन हुँदैछ । यसको तयारी कस्तो छ ?
महानगरपालिकाले स्थानीय भाषाका रुपमा नेपालभाषा पढाउनका लागि पाठ्यक्रम तयार पारेको छ । अहिले सो पुस्तकहरु छापिने क्रममा छन् । त्यसपछिका कदमहरु अझै अगाडि बढ्न बाँकी छ । कार्यान्वयनका पाटोमा धेरै नै गा¥हो पनि छ । यसका लागि स्थानीय विषय पढाउने शिक्षकहरुको व्यवस्था गरीदिने भन्ने सम्म हामीले सुनेका छौं ।
अब छिट्टै नै विद्यालय खुल्ने भन्ने पनि समाचारहरु आइरहेका छन् ? अहिलेको अवस्थामा विद्यालय खोल्दा विद्यार्थीहरुको व्यवस्थापन कसरी गर्नु हुन्छ ?
काठमाडौं महानगरभित्रै भएका विद्यार्थीहरु विद्यालयमा भर्ना भएर हामीले सञ्चालन गरेका अनलाइन कक्षा, रेडियो र टेलिभिजन कक्षाहरुबाट अध्ययन गरीरहेका छन् । अन्य विद्यार्थीहरु जो काठमाडौंभन्दा बाहिर छन्, उनीहरुले पनि प्रविधिको उपयोग गरेर पढीरहेको अवस्था छ । तर कतिपय यस्ता ठाउँहरु छन् । जहाँ इन्टरनेटको पहुँच छैन । त्यस्ता ठाउँका विद्यार्थीहरुसँग सम्भव भएसम्म टेलिफोन मार्फत् सम्पर्क गरीरहेका छौं । अहिले लकडाउन खुलेको भए पनि बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका कारण यहाँ आउन सकिरहेका छैनन् । अहिले हामीले दुई हजार विद्यार्थी दर्ता गरेका छौं । गाउँमा बसेका विद्यार्थीहरु जो पहिलेदेखि यस विद्यालयमा अध्ययनरत छन् । उनीहरुको नाम दर्ता भइसकेको छैन । ती सबै विद्यार्थी दर्ता भइसकेको अवस्थामा यहाँ ३ हजार ५ सय विद्यार्थी हुन्छन् । यति धेरै विद्यार्थीहरुलाई लकडाउन खुल्नासाथ हामी एकै ठाउँमा भेला गर्न सक्दैनौं । यसका लागि हामीले तहगत रुपमा फरक फरक समूह बनाएर पढाउनु पर्ने हुन्छ । सुरुवातका दिनमा हामीले सबैलाई दिनभरको कक्षा लिन सक्दैनौं । थोरै समय राखेर २–३ घण्टाको कक्षा सञ्चालन गरेर बिहानदेखि साँझसम्म रुटीन बनाएर कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।
अर्कोतर्फ विद्यार्थीहरुलाई मास्क लगाउने, हात धुने व्यवस्था गर्ने, शौचालय लगायतको व्यवस्थापन गर्ने, सुरक्षित ठाउँको व्यवस्था गर्नु पर्ने हुन्छ । हामीकहाँ लामो खालका बेन्च छन् जसमा दुई जना र छोटो खालका बेन्चमा एक जना मात्र राखेर पढाउनु पर्ने हुन्छ । यसरी पढाउँदा एउटा कक्षामा १५–२० जना मात्र राख्न सकिन्छ । त्यसैले धेरै नै समूहहरु बनाएर पढाउनु पर्ने हुन्छ ।
अन्तमा यस साप्ताहिकका पाठकलाई यहाँको केही सन्देश भए राखीदिनु होला ।
कोरोना संक्रमणको सँगसँगै संसारकै शिक्षाक्षेत्र तहसनहस भएको छ । सरकारी शिक्षकहरुले जसले सरकारी तलब लिइरहेका छन् । उनीहरुले नयाँ मोडालिटीबाट पठनपाठन गराउनु पर्छ । भोलि कक्षा सञ्चालन हुने बेलामा हामी हिजोको तरिकाले प्रस्तुत भएर हुँदैन । हामी नयाँ तरिकाले प्रस्तुत हुनु पर्छ । अहिले फुर्सदका बेलामा भोलिका लागि तयार भएर आउनु पर्छ । थोरै समयमा विद्यार्थीहरुलाई प्रभावकारीरुपमा कसरी बुझाउने भन्ने तरिकाहरु अब शिक्षक साथीहरुले घरमै बसेको अवस्थामा सिक्नु पर्दछ ।








