साँखुमा श्री माधब नारायण व्रत सुरु

यहि २०८० माघ ११पुर्णिमा देखि पुस पुर्णिमा सम्म (मिला पुन्हि देखि सि पुन्हि सम्म ) एक महिना श्री माधब नारायण व्रत बस्न सुरु भएको छ। पुर्णिमाको एक दिन अगाडि बिहान व्रत बस्ने ब्रतालुहरुले नङ्ग काटि नुहाइ धुवाइ गरेर एक छाक नुन भोज खाई साँखुको ज्योतिलिङ्गेश्वर परिसरमा रहेको सुन्दरि घाटकाे भन्ने जलमा नुहाएर महादेब दर्शन गरि बलंपलि ( ब्रम्हःपुर )११ महिना माधब नारायण बिराजमान हुने चोकमा भन्ने र नाम दर्ता गरि नारायण भगवानलाई किस्लि चढाउने परम्परागत मान्यता रहेको छ। एक महिना शालिनदिमा पुजा गर्ने पुजारी बाजे सुधन राज उपाध्यायज्यु बाट व्रत बस्दा कसरी बस्ने कुन कुन नियम पालना गर्नु पर्ने नियमका बारेमा बुझाईदिने गरिएको पाइन्छ। बाजेको हातबात जल लिई अा-अाफ्नो कोठामा जाने चलन छ।जल लिइ सके पछि नुन खान नहुने, मोजा ,जुत्ता लाएका मानिस छुन नहुने, जनावर छुन नहुने र कसैलाइ बोलाउनु पर्यो भने नाम लिएर बोलाउनु नहुने र माधब नारायण भनेर बोलाउनु पर्ने नियम यस व्रतमा रहेको बताइन्छ। यसरी व्रत बस्दा पुरुष ब्रतालुहरु शालिनदिको तिरमा रहेको धलंपुलिको पाटिमा सुत्नु जानुपर्छ भने महिला ब्रतालुहरु आ-आफ्नो कोठामा बस्नु जानू पर्छ। पुर्णिमाको दिन देखि बिहानको लगभग ४:०० बजे तिर साँवा गणद्बारा शंख फुकि महिला ब्रतालुहरुलाइ शालिनदिमा आउन आव्हान गरिन्छ।

धेरै समय सम्म पनि महिला ब्रतालुहरु शालिनदि नआएको खण्डमा व्रत बस्ने पुरुष ब्रतालहरुले महिला ब्रतालु बसेको ठाउँ सम्म अाएर छ्वालिप्वाः (छ्वालि बालेर जिस्क्याएर लाने) चलन रहिआएको छ। बिहान शालिनदिको पोखरिमा माधब नारायण भगवान लाई नुहाउने बेलामा सबै ब्रतालुहरु नदिको पोखरिमा गई नुहाउनु पर्ने चलन छ।महिला ब्रतालुहरुले टाउको मात्र नुहाए पुग्छ भने पुरुष ब्रतालुहरुले धोति मात्र लाएर ज्यु पुरै नुहाउनु पर्ने तथा डुबुल्कि मार्नु पर्ने चलन रहि आएको छ।

पुरुष ब्रतालुहरु ,एकादशि, शनिबार,लगला सप्तमिका दिन भने म्हं दुं दनेउ भनेर जिउ नाप्दै नदि भन्दा ५०/५५ मिटर माथि गणेश,भिमशेन र सरस्वर्ति मन्दिर सम्म जानू पर्ने चलन छ भने अर्काे दिन श्री माधब नारायण राखिने मन्दिर सम्म गए पुग्ने चलन छ। शालिनदिमा पुजा पाठ सकाइ साँखुको साल्खा टोलको कलस नारायण भएको मन्दिरमा केही समय राखिन्छ र पुरुष ब्रतालुहरुको जोडि मध्य एक एक जना यस मन्दिर परिसर गुल्टेर जानू पर्ने र अर्कोले कलशमा नारायणको मुर्ति भएको शह्श्र जलधारा टाउकोमा राखि महिला ब्रतालुहरुले जल चढाउनु पर्ने र माधब नारायण माधब नारायण जप गर्दै साँखु नगर परिक्रमा गरि ज्योतिलिङ्गेश्वर परिसर सम्म ल्याइन्छ।

यस क्रममा साँखु नगरमा १०८ ठाउँमा पुरुषजोडि ब्रतालु मध्य एक एक जनाले शष्टाङ्ग दन्दवत गर्दै जल चढाइन्छ। यस व्रत बस्दा साँखु नगर परिक्रमा सकेर आ-आफ्नो कोठामा गई पालं( खाना पान) गर्न गइन्छ। पालं गर्दा चामलको भात, दुध, चिनि, चाकु, अदुवा चिउरा, लप्सि, पाटनको पालुङ्गो, रातो मुला, उखु, सुन्तला र केराउ मात्र खानु हुन्छ।

पालं गर्दा जौ, रौँ, तिल, मकै र भटमास आयो भने पालं छोड्नु पर्छ र सगैँ चिउरा छ भने नउठिकन चिउरा भने खान मिल्छ। पालं गर्ने बेलामा उठ्नु हुदैन, उठि सकेपछि फेरि पालं गर्नु हुदैन र कोहिसंग बोल्नु हुदैन। व्रत बस्दा घाऊ चोट लागेमा घ्युँ ‍अ‍ौषधिको रुपमा दल्ने अौषधि खान नहुने ज्वराे आएमा शंखको जल छरि दिने चलन छ। व्रत बस्दा आफ्नो आफन्त मर्दा व्रत बस्नेले कृया बस्न नपर्ने चलन रहिआएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध