सत्यनारायणबहादुर स्मृति मिडिया कपको तयारी पूरा
नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगिता सोमबार हुने भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू (एनएफएनजे)को आयोजनामा आदर्श विद्या मन्दिर (एभिएम) विद्यालय स्थित फट्सल मैदानमा प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), कलाकार, एनएफएनजे काठमाडौँ, एनएफएनज ललितपुर र एनएफएनज चितवनको सहभागिता रहने छ । प्रतियोगिताको दौरान महिला पत्रकार र कालकार बीच मैत्री खेल खेल्ने छ ।
छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह बीमा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका छन् । प्रत्येक समुहबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।
नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले यसपटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गर्न लागेको हो । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आप्mनो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेपछि भएको बताउनुभयो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ– जुन बिल्कुलै गलत भएको उहाँको भनाइ छ ।








