धार्मिक ऐतिहासिक अन्य सम्पदालाई राजनीतिद्वारा संकट
यस पृथ्वीको घरातलमा विभिन्न नामले सयौंका सयौं राष्ट्रले भरिपूर्ण छन् । सयको परिवर्तनले ।
माथि उल्लेख्य अनुसार त्यस मध्ये एक नेपाल राष्ट्र पनि छुटो छैन । राष्ट्रकै समग्र विकासको श्रीगणेश हुन प्रथमत राजनीतिक सक्षम र स्थीरता अनिवार्य छ । यसै सन्दर्भमा राजनीतिक स्थीरताको अभावमा कुनै पनि राष्ट्रको जुन वा कुनै पनि स्थानीय परिधिको विकास हुन असम्भाव्य छन् । त्यस राष्ट्रको विकास त के स्थानीय देखि कुनै पनि नागरीकहरुको पुर्खाले बनाइराखेको वा निर्माण गरी राखेको सांस्कृतिक वा सम्पदाहरुको संरक्षणसम्म गर्न सरकार सक्षम हुन सक्दैन । आजको सन्दर्भले नेपालमा त्यस्तै प्रकारको अवस्था श्रृजना भैरहेको जो कसैको आँखाबाट लुकिएको छैन । यसै प्रमाणको रूपमा नामले मात्र राष्ट्र विकास गर्छु भन्ने हरेक राजनीतिक पार्टीहरु शान्ति सम्झौता देखाई पछाडी सत्तामा आ–आफ्नै हातमा दारूपन्यू पार्न दौडधूप गर्दैछन्, भन्दा फरक नपर्ला । त्यस पश्चात यस भित्र नेपालको आर्थिक, शान्तिसुब्यवस्था, पक्का संविधान निर्माणदेखि धार्मिक सम्पदा, ऐतिहासिक सम्पदा आदि आदिको विकासबारे कहाँ के भै रहेछन् ? भन्ने विषयमा होशसम्म पु¥याएको छैन ? पु¥याउन चाहेकोसम्म देखिँदैन । यस प्रकारको नीतिदेखि पुरातात्वीक धार्मिक एवं ऐतिहासिक जगेर्ना महत्वले भरिएको साथै नेपालको इतिहास दर्साई राखेका प्रमाणहरू संरक्षण त के जिर्णोध्दारसम्मको अभावमा लोप हुँदै गैरहेको जो कसैले देखेको सत्य छ ।
यस प्रकारको जटिल विषयक याने ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षणको अभिभारा बोकेको संघ संस्थादेखि सरकारी निकायहरू प्राय गरी राजनीतिक प्रभावले खस्कीरहेको भन्ने जो कोहि विज्ञहरूको भनाई छन् । हुन पनि वर्तमान सरकार निस्तेजको रफ्तारले गर्दा कुनै पनि निकायले सकारात्मक दृष्टिले सहयोग रहेको गरेकोनि पाईदैन ।
हुन पनि नेपालमा ग्वाला, भैंसपाल र किराती कालको ऐतिहासिक प्रमाण रूपमा देखा पर्न सकेको छैन । कुनै कुनै फाटफुट सिलाबाट मात्र अड्कल गरिराखेको भन्दा अरु पाईंदैन । लिच्छविकालमा भने इतिहासको लेखन सुरुवाटबाट स्वर्णकाल नै हामी नेपालीले मान्न पाएको ध्रुव सत्य हो । तात्कालीक समयको जागरुकताले ‘कान्तिपुर महानगरे’ याने कान्तिपुर महानगर भनी ने.सं. ३२३ देखि नै उल्लेख्यबाट पछाडीसम्मको याने आएर सिलालेख स्व. श्री ५ पृथ्वीविक्रम शाहदेव नाम पारी काठमाडौंको महाबौद्धको ठूलो चिवालयमा रहेकोमा सम्म भेटीन्छ । साथै नेपालको राजधानी कान्तिपुरको मुटुमा रहेको ज्यावहाल टोलमा रहेको एक लिच्छविकालिन शिलालेखपत्र संकटमा एक नीजिघरमा ग्वाङ्गराङ्ग, ग्वाङ्राङ्ग, हलीने गरी अडेससम्म रहेको देखिन्छ । यस्को संरक्षण कुन निकायबाट हुन्छ भन्ने ठेगाना विहिनमा परेको छ । यस अभिलेखको प्रतिलिपि पुरातत्व विभागमा उतारी राखेको छ भन्छ, यसै स्थानमा संरक्षण भएमा नागरीकले पढ्न थाहापाउन सकिन्छ । पुरातत्व विभागमा गइ अध्ययन गर्न सयमा दुई जनासम्म जाँदैन । हुनत पुरातत्व विभागले पनि बजेटको अभावले यस प्रकारको नेपाल सार्वभौम सार्वजनिक इतिहास अन्दाजी १२०० वर्ष पूर्वको शिलालेखपत्रसम्म पुनः सुरक्षात्मक तथा संरक्षण गर्न सकेको छैन ।
संरक्षणकै अभावमा ऐतिहासिक, धार्मिक पुरातात्विकसँगै कलाकारीताकोमा सोचले पनि महत्वपूर्ण लुम्बिनी स्थानीयबाट करीब देढ दुई कोषमा नामूद अशोक स्तम्भ झैं गौतम बुद्धको विषयमा उल्लेख स्तम्भ खम्बा धलीरहेको जुगौं बितीसक्यो कसैलाई वास्ता छैन । अशोक स्तम्भ भन्दा धेरै अगाडीको स्तम्भ मानिन्छ । यसै प्रकारले महत्वपूर्ण कपिलवस्तुको निग्लीहवामा रहेको अशोक स्तम्भ पनि बेवारिसे झैं रहेको छ । त्यस स्तम्भलाई तारको वारले घेरीराखेको पनि करिव १३ वर्ष अघि नै उक्त तारहरू चोरी भै सकेको स्थानीयवासीहरूको भनाइ छ । ई.सं. १८९६ तिर फेला पारिएको त्यस स्तम्भ भारतको पुरातत्वविद डा. फुरहरले उक्त स्तम्भ अशोक स्तम्भ नै हो भनी प्रस्त पारेको हो, भनेता पनि यस लुम्बीनी क्षेत्रको अनेकण पुरातात्वीक उत्खनन् तात्कालीक जङ्ग बहादुरको छोरा जगत्जङ्गबाट अगाडी नै कान्तिपुरदेखि एकटोली त्यस क्षेत्रमा अशोक स्तम्भ मात्र नभै अने कन पुरातात्वीक सामग्री उत्खनन गरी सकेको थियो । पछिको समयमा विद्व डा. फुरहर काठमाडौं पुगे । उत्खननको विषयमा सम्बन्धित निकायसँग सम्बन्ध विना त्यस तर्फ लागे । नेपाली टोलीबाट उत्खनन पूरासम्म गर्न पाएको थिएन । त्यसै तर्फ पुरेको ठाउँ खन्दै अशोक स्तम्भसम्मको उत्खननको डकुमेन्ट रिकर्ड बनाई ल्याएको थियो, डा. फुरहरलाई १६ मा १ १ थपी १७ पाएको भन्दा फरक नपर्ला यस अनुसन्धानमा ।
भन्नु पर्दा सिध्दार्थ गौतम बुद्ध नेपालको भूमि लुम्बिनीमा जन्मेको हो भनी ई.स. १९४२÷४३ ताका भारतको एक विश्वविद्यालयमा भारतीय प्रोफेसरले पढाएकोमा पछि आई केहि दशक अगाडी भारतीय एक ईनिस्पेक्टर पुरातत्वविद भन्नेले लुम्बिनि भूमि भारतमा नै जन्मेको थियो, भनेका थिए । उक्त इनिस्पेक्टर माथी उल्लेख प्रोफेसरले पढाएको समय विद्यार्थी थिए ।
लुम्बिनी उत्खनन गर्दा निक्लेको जगको ईंटाहरु राती राती भारतको सिमानाबाट ट्रकहरू ल्याई उत्खनन स्थलमा पहरा बस्नेहरुलाई धम्कीडम्कीबाट लोभ देखाइ टीपका टीप त्यहाँका इँटाहरु चोरेर लगे । अहिलेको भारतमा नक्कली लुम्बिनी स्थलमा खनी त्यहि ईंटाहरू पुरी केही दिन पछि उत्खनन् गरेको विश्वको जो कोही विद्वानले पनि थाहा छ । जापानबाट केही वर्ष अघि उत्खनन् गरी विश्वलाई नेपालको यस लुम्बिनि भूमिमा सिद्धार्थ गौतम बुद्ध जन्मेको सवुद प्रमाण स्पष्टसँग पेस गरी सकेको सत्य हो ।
माथी उल्लेख्य विषयमा सरकार त सरकार नै भए, त्यसलाई सरोकारसम्म छैन । सरकारलाई त जहिले पनि सत्ता मात्र पाई तलब भत्ता बाहेक यस्तो गहण विषयमा के को सरोकार । अरू दलहरू पनि सत्ताकै लोभले जनतालाई सभा सम्मेलन गरी “नाना थरीको लोभ देखाइ भ्रमको खेती गर्दैछ । सबै पार्टि दलहरू तेस्तै तेस्तै छन् ? बिरोध गर्दा आ–आफ्ना दलका सरकारमा आउन जान मुस्किल पर्दछ भन्ने दरले विरोध गर्न नसकेको हो ।
गौतम बुद्ध जन्मनु पूर्व कनकमुनी बुद्ध जन्मस्थलको रुपमा यो निग्लिहवा गा.वि.स.लाई चिनारी दिइसकेको छ । त्यसै कारणले गर्दा पनि यस स्तम्भदेखि अन्य पुरातात्वीक स्थलहरुलाई संरक्षण सम्हार गर्न धिलो भैसकेको तर्क सर्वसाधारणदेखी विद्व समेतले गुनासो गर्दै छन् । यो स्तम्भ सम्राट अशोकले ई. पू. २५० वर्ष अगाडी नै स्थापना गरीराखेको भन्ने इतिहासबाट थाहा हुन आउँदा त्यस स्तम्भमा उल्लेख हरफहरू दिन प्रतिदिन मेतिंदै गैरहेको छ भन्ने भ्रमणमा पुगी आएका जो कोहिले पनि बताइ राखेको सुन्न पाइरहेको छ । आजको हाम्रो नेपाली राजनीतिक पनि माथी उल्लेख्य हरफ झैं दिन प्रतिदिन सिद्धान्त विहिन सत्ता साझेदारीको शब्दार्थले जो कोहि नेपालीलाई आक्रोसमा पारिरहेको छैन भन्न कदापि मिल्दैन । समय छँदा नै साझेदारी स्वार्थहरूले आ–आफुलाई सुधार गर्दै लग्यो भने ढिलै भए पनि नेपालको शिर उच्चमान पु¥याउन सक्तछ भन्ने यो स्तम्भकारलाई विश्वास छ ।








