जीवित कुमारी, स्थान कुमारी र लाखेकाे विशेष पूजा

किलाबहाः मिसा पुचःको आयोजनामा यही असोज १३ गते शनिवारका दिन कुमारी र लाखे आजुको विशेष पूजा गरिएको छ । यस क्रममा किलाबहाः अवस्थित कुमारीका साथै मजिपात अवस्थित लाखेको विशेष पूजा गरिएको थियो ।
मिसा पुचःले यसअघि सोही दिन बसन्तपुर कुमारीघरमा रहनुभएका जीवित देवी कुमारीको समेत पूजा गरिएको थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् ध्यानगोविन्द रंजितको प्रमुख आतिथ्यतामा भएको पूजाकै क्रममा बागमती प्रदेशसभाका सांसद समिता खड्गीलाई विशेष सम्मान गरिएको थियो ।
किलाबहाः मिसा पुचःको आयोजनामा गत वर्ष १०८ कुमार र कुमारीको पूजा आयोजना गरिएको कार्यक्रम संयाेजक संगीता रंजितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध