ज्ञानाेदयका लागि एक कराेड बजेट
ज्ञानोदय माध्यमिक विद्यालय बाफल, १३ वडा, का.म. पा. काठमाडाैं मा निशुल्क स्यानिटरी प्याड वितरण शुभारम्भ भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला मालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडाैं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले छात्रा मैत्री विद्यालय कार्यक्रम अन्तर्गत नेपाल सरकारले निशुल्क स्यानिटरि प्याड कार्यक्रम ल्याएको र यसको सहि उपयोग तथा विसर्जन प्रक्रियामा ध्यान दिनु पर्ने बताउनु भयो।
कार्यक्रममा ज्ञानोदय मा. वि. ले शैक्षिक जगतमा उल्लेखनिय राम्रो कार्य गरेको र अझै बढी गुणस्तर बृद्दिका लागि सहयोग होस् भनेर यो बर्ष (2077) भाैतिक पूर्वाधार विकास तर्फ एक करोड बजेट कार्यक्रम राखेको बताउनु भयो। कार्यक्रममा गाईजात्राको महत्वपुर्ण दिन कोभिड् १९ प्रकोपवाट बच्न्न सो कार्यक्रम स्थगित गरेको जानकारि दिंदै सबैको सहयोगको खाँचो रहेको बताउनु भयो।

कार्यक्रममा विद्यालयकाे उन्नयनका लागि प्राविधिक क्षेत्रमा सहयाेग पुर्याउने माईक्रोसफ्ट प्रा. लि. , ई जोन सफ्टवेयर तथा प्राविधिकहरूलाई विद्यालयले कदरपत्र प्रदान गरिएको थियो।

माईक्रोसफ्ट प्रा. लि.ले विद्यालयलाई अनलाइन कक्षा चलाउन १० हजार युजर एकाउण्ट निशुल्क सहयोग गरेको थियाे। त्यस्तै ई जोन सफ्टवेयर ले विद्यालयलाई एप सुविधा सहितको सफ्टवेयर निशुल्क प्रदान गरेको थियाे।
कार्यक्रममा १८ वडा अध्यक्ष न्हुच्छेकाजि महर्जन, वडा सदस्य हेराशोभा महर्जन, १४ वडा अध्यक्ष शोभा सापकोटा, कामपा शिक्षा विभाग प्रमुख तारापति खरेल, अधिकृत मोतिराज खनालको विशेष उपस्थिति थियो।
कार्यक्रममा एल अार अाई फाउण्डर प्रिन्सिपल शिबराज पन्तले रू १ लाख ५० हजारको छात्रवृति अक्षयकोष चेक हस्तान्तरण गर्नु भयो।



कार्यक्रममा विद्यार्थिहरू खुशी जोशी, अाश्मा पोखरेल र श्लेसा रावलले मासिक श्राव र यसले समाजमा उब्जाएको कठिनाई, प्रकृया र समाधान वारे बोल्नु भएको थियो।

कार्यक्रममा प्र. अ. नातिकाजि महर्जनले ज्ञानोदय स्कुल मा हाल ३५०० विद्यार्थि अध्ययनरत रहेको र गुणस्तरिय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षक, कर्मचारीलाई धन्यवाद व्यक्त गर्नु भयो। कोभिद १९ संक्रमणको कारण विद्यार्थी भर्ना चाप विगत भन्दा बढी भएको र अभिभावकलाई सजिलो पार्न क्षमता भन्दा बढी विद्यार्थी भर्ना लिएको कुरा प्र. अ. ले स्वागत मन्तव्यको क्रममा राख्नु भयो।

सहायक प्रधानाध्यापक बिष्णु रिमालले उद्घोषण गरि सन्चालन भएको उक्त कार्यक्रममा सभापति उर्मिला मालीले धन्यवाद ज्ञापनको सिलसिलामा ज्ञानोदय मा. वि. ले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको र २०७५ को ११/१२ कोे रिजल्टमा विज्ञान तर्फ रूपा दनै, मविन के.सि.तथा अायुष्मा पाण्डेले बागमति प्रदेश सर्वाेकृष्ट स्थान हासिल गरेको जानकरि गराउनु भयो।








