‘मतिनाया संसार’ प्रिमियर
जुजुभाइ तुलाधर र मंगललक्ष्मी तुलाधरको प्रस्तुती ‘मतिनाया संसार’ म्यूजिक भिडियो श्रावण २१ गते आइतवार प्रिमियर गरिएको छ ।
सुरेन्द्र तुलाधरको निर्देशन, सम्पादन र कलर करेक्सनमा तयार भएको म्यूजिक भिडियोमा नेपालभाषाका सुपरस्टारहरु रोजिना सुवाल, भोगेन्द्र मानन्धर र रुपेन्द्र श्रेष्ठको अभिनय रहेको छ ।
म्यूजिक भिडियोमा सविन रत्न शाक्यको सहनिर्देशन र रुमन जोशीको मुख्य सहायक निर्देशन रहेको छ । रुपा मानन्धरको श्रृंगार रहेको म्यूजिक भिडियोको छायांकन रमेश बोहराको रहेको छ ।

जुजुभाइ तुलाधरको शब्द र स्वर रहेको सो गीतमा विरेन कुमार शाक्यको संगीत र संगीत संयोजन रहेको छ भने एसटीभी यूट्यूब च्यानलमा यस गीतको म्यूजिक भिडियो हेर्न सकिन्छ । प्रिमियर कार्यक्रममा मन्तव्य राख्नुहुँदै गायक तुलाधरले आफ्ना रचनाहरु गुरु भृगुराम श्रेष्ठज्यूसँग सल्लाह गरेर अन्तिम रुप दिँदै आएको बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै वरिष्ठ पत्रकार विजयरत्न असंबरेले नेपालभाषाको म्यूजिक भिडियो निर्माणको क्रम अहिले बढ्दै गएको खुसीको कुरा भएको बताउनुहुँदै नेपालभाषाको चलचित्र क्षेत्रका दिग्गज कलाकारहरुको उपस्थिति रहेको म्यूजिक भिडियो राम्रो बनेको बताउनु भयो । उहाँले गायक तुलाधरले अलि बढी मेहनत गर्नु आवश्यक रहेको बताउनु भयो ।

यसैगरी सिने विश्लेषक प्रकाश साय्मिले गीतको प्रशंसा गर्नुहुँदै म्यूजिक भिडियो पूर्ण म्यूजिकल कन्सेप्टमा तयार गरिएको चर्चा गर्नुभयो । उहाँले म्यूजिक भिडियोमा प्रयोग गरिएको भेषभूषामा समेत निर्भाना, बिटल्स जस्ता अन्तर्राष्ट्रिय म्यूजिकल ब्याण्डको टिसर्ट प्रयोग गरिएको प्रसंशा गर्नुभयो ।











