गीतकार विनोद हृदय शाक्यकाे निधन
गीतकार विनोद हृदय शाक्यको सोमवार राति ८ बजे निधन भएको छ ।
नेपालभाषा र नेपाली दुवैमा कलम चलाउने गीतकार हृदय केही समय अगाडि विरामी भएर अस्पताल भर्ना हुनुभएको थियो ।
विशेषतः बौद्ध दर्शनमा आधारित गीतहरुको रचना गर्नुहुने शाक्यले नेवार संस्कृतिसँग जोडिएका विविध गीतहरुको समेत रचना गर्नुभएको छ । पछिल्लो समय उहाँको रचनामा मालश्रीगीत रेकर्डिङको तयारी भइरहेको गायक एवं संगीतकार भुपेन्द्र शाक्यले बताउनु भएको छ ।
उहाँको नेपालभाषाको एल्बम नःलि स्वां प्रकाशित भएको छ भने उहाँको सानो पाइला गीत चर्चित रहेको छ ।
पछिल्लो समय उहाँको मुटुमा समस्या देखिएको थियो भने पित्तथैलीमा पत्थरी समेत देखिएपछि वीर अस्पतालमा सोमवार उपचारका क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
२०२४ फागुन ४ गते बुबा न्हुछेमान तथा आमा धर्मदेवी शाक्यको पाँचौं सन्तानको रुपमा उहाँको जन्म भएको थियो । दिवंगत शाक्यको श्रीमती र तीन छोरा छन् ।
गीतकार शाक्यकाे मंगलवार टेकुमा बाैद्ध परम्परा अनुरूप अन्तिम संस्कार गरिने भएकाे छ ।








