लहना टेलिभिजनकाे घाेषणा

नेपालभाषाकाे संचार क्षेत्रमा नयाँ टेलिभिजनकाे रूपमा लहना टेलिभिजन संचालन गरिने भएकाे छ । लहना मिडियाद्वारा संचालित लहना वाःपाैकाे ४०० अंक पूरा भएकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले साे घाेषणा गर्नु भएकाे हाे ।

३ कराेड रूपैयाँ लगानी गरेर सुरू गरिने टेलिभिजनकाे संयाेजकका रूपमा समाजसेवी सूरबहादुर श्रेष्ठ घाेषणा गर्नुभएकाे छ । साे कार्यक्रममा समाजसेवी श्रेष्ठले टेलिभिजनकाे सुरू लगानीका रूपमा २ लाख रूपैयाँ राख्ने घाेषणा गर्नुभयाे ।

साे कार्यक्रममा विविध पुरस्कारहरू पनि प्रदान गरिएकाे थियाे । जसमा लहना धर्म–माेति सिरपाः ११४० बाट गाेरखापत्रका प्रजित शाक्य, ने.सं. ११४१ का लागि समाचारडेस्क डटकमका सम्पादक विराजकाजी राजाेपाध्याय र ने.सं. ११४२ का लागि मेराे साप्ताहिकका सम्पादक रत्नकाजी महर्जनलाइ प्रदान गरिएकाे थियाे ।

लहना धर्म–माेति सिरपाः समाजसेवी लक्ष्मण गमालले आफ्ना स्व. पिता धर्म तथा माता माेति गमालकाे नाममा स्थापना गर्नुभएकाे हाे । साे पुरस्कारकाे राशी १५ हजार एक सय रहेकाे छ ।

यस्तै कला तथा संस्कृतिकाे क्षेत्रमा कलाकारिता तथा कला पत्रकारिता गर्ने कलाकार तथा पत्रकारलाइ प्रदान गरिने १० हजार नगद राशी रहेकाे लहना सूर शर्मिष्ठा सिरपाः पनि प्रदान गरिएकाे थियाे । साे पुरस्कार ने.सं. ११४० देखि ४२ का लागि क्रमशः निर्देशक, कलाकार तथा संचारकर्मी रामकृष्ण खड्गी, निर्देशक, कलाकार एवम् संचारकर्मी स्वतन्त्र संसार महर्जन र कला पत्रकार यलु जाेशीलाइ प्रदान गरिएकाे थियाे ।

यसैगरी नेपालभाषा तथा नेवाः अधिकार प्राप्तिका लागि संघर्ष गर्ने अगुवाहरूलाइ प्रदान गरिने नगद राशी २० हजार दुइ सय बाइस रूपैयाँ रहेकाे समाजसेवी पंचवीर सिंह तुलाधरले स्थापना गर्नु भएकाे लहना पंचवीर सिरपाः ने.सं. ११४० का लागि मानव अधिकारवादी नेता मल्ल के सुन्दर, ने.सं. ११४१ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ र ने.सं. ११४२ का लागि निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाइ प्रदान गरिएकाे थियाे ।

साेही कार्यक्रममा फाेटाेपत्रकारहरूका लागि न्यू जेनिथ इङ्गलिस माेडल स्कूलका प्रिन्सिपल राजु महर्जनले स्थापना गर्नु भएकाे लहना न्यू जेनिथ फाेटाे पत्रकारिता सिरपाः ने.सं. ११४० देखि ४२ का लागि क्रमशः अनुप प्रधान, गुणराज शाक्य र श्याम कुमार थालाइ प्रदान गरिएकाे थियाे । साे पुरस्कारकाे राशी दश हजार रूपैयाँ रहेकाे छ ।

मातृभाषा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाइ प्राेत्साहन दिनका लागि समाजसेवी केशवलाल श्रेष्ठद्वारा स्थापित दश हजार नगर राशी रहेकाे पुरस्कार लहना केशव कृष्णवदन सिरपा क्रमशः नेवाः टीभीका नविन जाेशी, ज्वजलपा वाःपाैका नजरराम महर्जन र झीगु सःकी कार्यक्रम संचालिका पूर्णिमा डंगाेल शाक्यलाइ प्रदान गरिएकाे थियाे ।

कार्यक्रमकै बीचमा लहना वाःपाैलाइ सुरूकाे अंकदेखि निरन्तर विज्ञापन दिँदै आएकाे यूएफओ, विविधरूपमा सहयाेग गर्दै आउनु भएका समाजसेवी शरद कुमार डंगाेल, निर्देशक तथा कलाकार अमृतचन्द्र श्रेष्ठ, वातावरणीय संरक्षणमा विशेष भूमिका खेल्दै आउनु भएका एराेशानका नेपाल प्रतिनिधि प्रकाश अमात्यलाइ विशेष सम्मान गरिएकाे थियाे भने कीर्तिपुरमा लहना वितरण गर्दै आउनु भएका हर्षमुनि बज्राचार्य र विविध रूपमा सहयाेग गर्दै आउनु भएका समाजसेवी गाैतम रत्न शाक्यलाइ सम्मान गरिएकाे थियाे ।

नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठकाे सभापतित्वमा संचालन गरिएकाे थियाे ।

कार्यक्रममा लाेककवि राजभाइ जकःमिले लहना साप्ताहिकका लागि रचना गर्नु भएकाे कविता वाचन गरेर सुरू गरेकाे कार्यक्रममा प्रदेशसभा सदस्य मा. राजेश शाक्य विशेष अतिथिका रूपमा उपस्थित हुनु भएकाे थियाे ।

IMG_0201
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध