चौथाइवालेले भेटे माओवादी नेता पुन

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको राजनीतिक भेटघाट मंगलवार पनि जारी छ ।

आज चौथाइवाले र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनबीच भेटवार्ता भएको छ। होटेल मेरियटमा भएको छलफलमा दुई पार्टीबीचको आपसी सम्बन्धका बारेमा कुराकानी भएको पुनको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसको निमन्त्रणामा आइतबार काठमाडौं आएका चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटिसकेका छन् ।

भारतीय दूतावास स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने तयारी गरेका छन्, यद्यपी समय भने तय भइसकेको छैन। चार दिने भ्रमणका आएका चौथाइवाले बिहीबार विहान दिल्ली फर्किने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध