एनआईसी र स्वदेशीले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात चैत ८ गतेदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ।

माघ ४ गते छुट्टाछुट्टै सम्पन्न यी दुबै लघुवित्तको वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो। सो सभाले भेरी नगरपालिका वडा नं. ४, जाजरकोट जिल्लामा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया लघुवित्तले इटहरी उपमहानगरपालिका वडा नं. ९ सुनसरीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) लाई मर्ज गर्न अन्तिम स्वीकृती प्रदान गरेको थियो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २३ गते स्वीकृति दिएको थियो।

मर्जरपश्चात बनेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं. ९, सुनसरी जिल्लामा रहनेछ।

यी दुई लघुवित्त बिच गत साउन ३२ गते गाभ्ने/ मर्ज गर्ने सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध